Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङले गुल्मीमा नेपाल टेलिभिजन प्रसारण अवरुद्ध

Published on 3:20:00 AM //


धुर्कोट, ८ वैशाख । शुक्रबार राति परेको चट्याङले विद्युतीय उपकरणमा क्षति पुगेपछि गुल्मीमा नेपाल टेलिभिजनको प्रसारण बन्द भएको छ । सदरमुकाम तम्घासस्थित अर्जुनडाँडामा रहेको नेपाल टेलिभिजनको गुल्मी प्रसारण केन्द्रमा चट्याङ पर्दा एक लाखभन्दा बढीको क्षति भएको छ । चट्याङका कारण विद्युत् आपूर्तिका सबै उपकरणसहित जेनेरेटरमा पनि क्षति भएको केन्द्रप्रमुख जयशङ्कर त्रिपाठीले बताउनुभयो ।

“चट्याङले विद्युत्को मिटरबक्स र चेन्जओभर सबै क्षतविक्षत भएका छन् भने जेनेरेटर पनि बिग्रेको छ”–त्रिपाठीले भन्नुभयो–“अहिले जेनेरेटर समान्य मर्मत गरी टेलिभिजन प्रसारण भए पनि विद्युत् आपूर्तिका सबै सामान पुनः जडान गरेपछि मात्रै नियमति प्रसारण गर्न सक्छौँ ।” टावरमा चट्याङ परेपछि बेहोस भएका टेलिभिजन कर्मचारी चेतमान चुँदाराको एक घन्टापछि होस खुलेको छ । यसैगरी सोही स्थानमा रहेको वर्डलिङ्क र सुविसु नेट तथा रेडियो स्काईको टावरमा चट्याङ पर्दा ८० हजारभन्दा बढीको क्षति भएको छ ।

रेडियो स्काईको विद्युत् आपूर्ति र इन्टरनेटका टावरहरुको डाटा रिसिभिरमा क्षति पुगेको छ । एनसेल मोबाइलको टावरमा पनि चट्याङ परेको भए पनि त्यसको आधिकारिक प्राविधक गुल्मीमा नभएकाले क्षतिको विवरण आउन सकेको छैन । शुक्रबार राति हावाहुरीसँगै परेको वर्षाले जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । पानीसँगै परेको असिनाले नेटा, पौँदीअमराई, दर्लिङ, अर्खावाङ, गौँडाकोट, दुविचौरलगायतका ठाउँमा लगाइएको तरकारी, फलफूल र खेतीबालीमा असर पु¥याएको जिल्ला कृषि विकास कार्याललयले जनाएको छ । रासस

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग