Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हावाहुरीले विद्यालयको छाना उडायो, वर्षाको कारण विद्यालय भत्कन सक्ने जोखिम

Published on 2:37:00 AM //


कविता घर्ती मगर
बाग्लुङ, बैशाख ८ । बाग्लुङ जिल्लाको भिमगिठे गाउँ विकास समिती स्थित एक विद्यालयमा गत चैत्र महिनाको २१ गते चलेको हावाहुरीले टिनको छानो उडाएपछि अहिले उक्त विद्यालय भत्कने सक्ने जोखिममा परेको छ । गत चैत्र २१ गते विद्यालयको केहि छानो उडाएको र बाँकी छानो चैत्रकै २८ गते सवै छानो उडाएपछि मौसम परिवर्तन संगै केहि समय यता लगातार परेको भारी बर्षाले उक्त विद्यालय भत्कन सक्ने सम्भावना भएको हो । विद्यालयको छानो नभएका कारणले वर्षाको पानीले विद्यालयको पर्खाल भिजाएर भत्किन सक्ने भएको, काठपात तथा कार्यलयको महत्वपुर्ण कागजात समेत भिजिएर नष्ट भई करिव ३ लाख ५० हजार वराबरको क्षति भएको विद्यालयले जनाएको छ ।
विद्यालयको आर्थिक अवस्था कम्जोर भएपछि पुन:निर्माणको लागी जिल्ला शिक्षा कार्यलयलाई आग्रह गरेपनि वेवास्ताका कारण विद्यालयमा थप समस्या भएको विद्यालयका प्रधानाध्यपक भिम प्रसाद गौतमले बताउनुभयो । जिल्ला शिक्षा कार्यलयको निर्देशन तथा नीति अनुसार अहिले प्रत्यक सरकारी विद्यालयमा भर्ना अभियान सञ्चालन गरिरहेको छ  । विद्यालयको अवस्था नाजुक बन्दा उक्त विद्यालयमा भर्ना अभियान समेत प्रभावित बनेको छ । उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्मका कुल १ सय ६० विद्यार्थी रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग