Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 2:28:00 AM //


-कल्पना पौडेल "जिज्ञासु"


अर्को बिहे गर्नु स्वामी अकालमै मरेँ भने
धर्ती छोडि स्वोर्गलोकमा बसाइ सरेँ भने

आमाको माया कमी हुन नदिनु कैले पनि
हाम्रा प्रेमका ति निसानी टुहुरा परे भने

प्रितीको धुन गुन्जिने हामो प्रेम संसारमा
शंख फुक्दै घर भित्र मलामी ति भरे भने

फक्रेको फुल झर्ने होकी बास्ना छर्नु अगाबै
नरुनु है एक्लो पारी बैतर्नी त्यो तरेँ भने

जिन्दगीका गोरेटासँगै काट्ने तय थियो
माफि दिनु अन्जानमै मैले घात गरेँ भने

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग