Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षत्री समाज गुल्मीमा पुनः थापा

Published on 2:42:00 AM //


प्रेम सुनार
बैशाख ८, गुल्मी । क्षत्री समाज नेपाल जिल्ला कार्य समिति गुल्मीको प्रथम जिल्ला अधिबेशनले पुन: यमबहादुर थापालाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
समाजले आज सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरी नव गठित कार्य समितिको घोषणा गरेको हो । सदरमुकाम तम्घासमा दुई दिनसम्म चलेको अधिबेशनले अध्यक्षमा थापा सहित ३८ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको हो ।
जिल्ला समितिको बरिष्ठ उपाध्यक्षमा टोपबहादुर बस्नेत, सचिवमा तेज बहादुर महत, सह–सचिवमा राजु अधिकारी, कोषाध्यक्ष सुर्यबहादुर बोहोरा, क्षेत्र न २ बाट जिल्ला उपाध्यक्षमा नेत्रवहादुर बस्नेत, क्षेत्र न ३ बाट भरत बहादुर केसी चयन हुनु भएको छ भने सदस्यहरुमा क्षेत्र न २ बाट डोलवहादुर कुवँर, प्रकाश थापा, क्षेत्र न ३ बाट राम बहादुर थापा, गोर्कण कुवँर, सकुन्तला महत, खडकबहादुर जिसी, हिमबहादुर जिसी लगाएत रहनुभएको छ । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष थापाले संगठनको सर्वोपरी हितका लागि आफु सक्रिय भएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । अधिबेशनको हिजो क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कुमार खड्काले उद्घाटन गर्नुभएको थियो।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग