Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाग्लाको एक घरमा चट्याङ पर्‍यो

Published on 1:03:00 AM //


पि.एम.मगर
गुल्मी, चैत्र २० । चट्याङ्ग लागेर गुल्मीको वाग्ला गाविस स्थित एक घरमा क्षति पुगेको छ । चट्याङ्गले वाग्ला गाविस वार्ड नं. ४ निवासी सावित्रा पन्थीको घरमा क्षति पु¥याएको हो । आज अपरान्ह सवा ४ वजेतिर परेको चट्याङ्गले पन्थीको घरका चार वटा सोलार वत्तीहरु, एउटा कन्ट्रोलर क्षतिग्रस्त हुनुका साथै घरको थाममा पनि क्षति पु¥याएको छ । पन्थी गोठमा रहेका वखत पानी नपर्दै घरमा चट्याङ्ग परेको थियो । चट्याङ्ग परेको केही समयपछि हुरी वतास सहित केही समय पानी परेको त्यहाँवाट सिता भुसाल पराजुलीले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग