Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमान जेलबाट निस्किनु भन्दा एक हप्ता पहिल्यै श्रीमती धनसम्पत्ती बोकेर भागेपछी

Published on 1:09:00 AM //


विशाल भट्टराई
गुल्मी, २७ चैत । अर्घाखाँची सन्धिखर्क – ६ का राजु बिसी अहिले जिल्ला कारागार तम्घासमा छन् । १ बर्ष अगाडि जालसाँझि मुद्धामा जेल परेका बिसी चैत २९ गते बिहिबार जेलमय संसारबाट बाहिर निस्कँदै छन् ।
१ बर्ष पछाडि जेलबाट बाहिर निस्किएर आफ्नो परिवारसंग रम्ने आफ्नो चाहान भएको उनी बताउँछन् । धेरैजसो कैदि बन्दीहरु जेलबाट निस्किएपछि परिवारसंग रमाउने चहाना राखेको हुन्छन् । आफ्नी जीवन संगिनिले धोका दिएपछि उनको यो चाहाना अपुरै रहने भएको छ ।
उनकी ३० बर्षिय श्रीमति निर्मला चैत २१ घते पतीलाई कुनै पनि जानकारी नगराई झोलिझिम्टी बोकेर फरार भएकी छन् । तम्घासमा ब्यापार गर्दै आएका उनी एक बर्ष अगाडि नक्कली लाईसेन्सको जासाँझि मुद्धामा जेल परेका हुन । उनी जेल परेपछि श्रीमतिको र आफ्नो अत्यन्तै राम्रो सम्बन्ध भएको राजु बताउँछन् । ‘जेलबाट निस्किएपछि केके गरौँला भनको थिए“, खै सर कर्मैले ठगेको हो की ?’ उनले जेलबाटै भने ।
उनकी श्रीमति तम्घासमै भएकी अर्की एक महिलाको साथ लागेर घरबाट भागेको पारिवारीक श्रोतको भनाई छ । उनकी साथी तम्घासकै सावित्रा थापासंग निर्मला भागेर गएको परिवारले प्रहरीमा उजुरी दर्ता गराएको छ । दुई छोरा सहित तम्घासमा बसेकी श्रीमति श्रीमान जेलबाट निस्कने समयमा जानकारी बिनानै हिँडेपछि उनले आफुमा नरमाईलो छाएको बताउँछन् ।
श्रीमान श्रीमतिको उनी घरबाट जानुभन्दा १-२ दिन अगाडि भेट भएको राजु बताउँछन् । राजु भन्छन्, ‘भेटमा राम्रै कुरा भएको भएको थियो, जेलबाट निस्किएपछि मनमा रहेको बिरहका पोका फुकाउँला भन्ने सल्लाह गरेका थियौ ।’
संवभत घरबाट पोईला हिँडेकी निर्मलाले एक थान रंगिन टिभि, ४ तोला सुन र २५ हजार नगद लिएर गएको उनले बताए । ‘कोठमा सालो, यि छोराहरु र श्रीमति थिए बैंकमा रहेको पैसो के कति चलाएकी छन्, त्यो निस्किएपछि थाहा होला ।’ उनले भने । राजुका साला सुवास शाहीले पनि दिदि आफुलाई कुनैपनि जानकारी नदिई घरबाट हिँडेको बताए । सुवासका अनुसार उनको तम्घास बसपार्कमा रहेको पसल राम्रो संग चलेको थियो । राजुका दुई छोराहरु मध्ये दाई ६ र भाई ४ कक्षामा पढ्छन् ।
परिवारले चारै तिर सम्पर्क गरेर पाएको जानकारी अनुसार उनी बुटलमा रहेको पत्ता लागेको छ । परिवारले शंका गरेको पुरुषसंग सोध्दा उसले आफुकहाँ नभएको बताउँछन् । श्रीमतिको साथी पनि सम्पर्कमा नभएपछि राजुलाई थप पिडा भएको छ । उनको अवस्था अझै सम्म पत्ता लागेको छैन् । ‘म संग चित्त नबुझे उ जान सक्थि तर २ दिन कुरेको भएपनि हुन्थ्यो,’ राजुले भने ‘जेलमा रहेको पिडा नमेटिँदै अर्को पिडा आईलाग्यो अव अन्तिम पटक भएपछि उनलाई भेट्न मन छ ।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग