Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'माओवादी भित्रको पनि राष्ट्रवादी शक्तिसित मिलेर जान चाहन्छौँ' :चन्द्र भण्डारी

Published on 1:26:00 AM //


नेपाली काँग्रेस महासमिति बैठक सोमबारदेखि नवलपरासीमा शुरु भएको छ । महासमिति बैठक पछि काँग्रेल नयाँ योजनाका साथ अगाडी बढ्ने छ । के योजना ल्याउँदै छ त काँग्रेसले महासमिति बैठकबाट ? काँग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीसंग गुल्मीन्युज सहयोगी गगनशिला खड्काले लिएको अन्तरवार्ता :

काँग्रेसले के के मुद्धा उठाउँदैछ यसपाली महासमिति बैठकमा ?
हामीले एउटा राष्ट्रियताको मुद्धा उठाउने छौँ । अहिले विभीन्न जातजाती, आदीवासीहरुले उठाएका मुद्धाहरुलाई हेर्नको निम्ति भिम बहादुर तामाङ्गको संयोजकत्वमा समिति गठन गरेका छौँ । यसले हजारौँ मान्छेहरुसंग छलफल गरेर रीपोर्ट तयार गरीएको छ । हामीले त्यो रीपोर्ट पेश गछौँ । अर्को एउटा राजनैतिक प्रस्ताव पेश गर्छौँ र अर्को हामीले राष्ट्रियतामाथी कहाँनेर अप्ठ्यारो परेको छ ? यो रीपोर्टहरु पेश गरेर हामीले निर्वाचनलाई कसरी निश्पक्ष गर्ने, विभीन्न जाती जनजाती संस्कृतिको अधिकारको रक्षा गर्दै संविधानको कसरी हामीहरु सुनिश्चितता गर्ने भन्ने विषयमा निर्णय लिने छौँ ।

महासमिति बैठक पछि काँग्रेसको भुमिका के रहन्छ ?
हामीले संविधान किन बनेन भन्ने विषयमा व्यापक समिक्षा गर्नेर्छौँ । हामीले २०६२÷६३ सालको आन्दोलनपछि पिछडीएको वर्ग, पिछडीएको समाज र विभन्न जात जाती र संस्कृति, भाषालाई विकाश गर्न, शुन्दरताका रुपमा विकाश गर्न जुन अभियान चलायौँ । संघियताको रुपमा व्याख्या गरीयो तर यो हाम्रो भाषा संस्कृति, भेषभुषलाई अरुलाई विदेशीहरुलाई आहात पार्ने असन्तुष्ट पार्ने रुपमा प्रयोग गरीयो । चाईनाले हामीलाई असनतुष्टी व्यक्त ग¥यो ।
अर्कोतिर हामीले मधेसी जनताको अधिकारको लागी जुन कुरा उठायौँ । मैथिली, मधेसी, भोजपुरी, थरुहट, विराट जातीलाई हामीले सम्मान गर्न खोज्यौँ तर यसको जुनरुपमा उकास्न खोज्यौँ तर यसलाई यसरी दुरुपयोग गरीयो कि एक मधेश एक प्रदेशका रुपमा दुरुपयोग गरे । यस्तो किन भयो यसको समिक्षा गर्दै अव महासमिती बैठक पछि सबै एकजुट भएर निर्वाचन कसरी सुनिश्चित गर्ने, भन्ने विषयमा राष्ट्रवादी शक्तिहरु एकजुट भएर कसरी संविधान निर्माण गर्ने ? यो किसीमको भूमिका हामीले निर्माण गर्ने छौँ ।

अब काँग्रेस कसरी अगाडी बढ्नुपर्छ ? नेतृत्वलाई के भन्नुहुन्छ ?
नेपालको वर्तमान लिडरसिप समयअनुकुल र राष्ट्रियताको भावनाअनुकुल बढ्न सकेको छैन अहिलेको समयमा । त्यसलाई हामीले राष्ट्रियतालाई, जनतालाई र लोकतन्त्रलाई आघात पर्ने काम केही नगर्नका लागी यसबाट सचेत हुनका लागी हामी आग्रह गर्छाँै ।

अबको चुनाबमा काँगे्रसले मोर्चा बनाएर जान्छ कि जादैन ?
हैन हामीले नेपाली काँग्रेसको केन्द्रिय समितीको मिटीङ्गमा हामीले भनिसकेका छाँै कि चुनावमा जाँदा नेपालका राष्ट्रवादी, जसले नेपालको लोकतन्त्रको निम्ति संरक्षण गर्छ त्यो जोसुकै भएपनि यीनिहरुसित मिलेर जानुपर्छ किनभने सरकार चलाउने मात्रे दृष्टिकोणले हेर्ने यो संग नेपालको भविष्य जोडीएको छ । नेपालको प्रकृया जोडिएको छ । लोकतान्त्रिक संविधान निर्माणको कुरा जोडिएको छ । त्यसकारणले हामी सबैसित मिलेर जानुपर्छ भन्नेमा छौँ । हामी माओवादीभित्रको पनि राष्ट्रवादी शक्तिको हामी पहिचान गर्न चाहन्छाँै । त्यो चाहे बैद्य होस चाहे प्रचण्डजीको पार्टि होस ।

काँग्रेसलाई लोकतन्त्र विरोधी पार्टि भन्ने आरोप पनि छ नि , तपाईँ के भन्नुहुन्छ ?
अहिले एउटा कुरा छ । काँग्रेस यत्रो लामो समय, २००७ साल अघिबाट नेपाली जनता बनाउने नेपाली काँग्रेस हो । यसले दुनियाँमा सबै कुरा गर्ला लोकतन्त्र सित कँग्रेसले विधीको शासनमा कुनै पनि कम्प्रमाईज गर्दैन । तपार्इँले एउटा कुरा मान्नुपर्छ कि खुम बहादुर जी, चिरन्जिवी जी हरु जुन जेलमा छन् , उनीहरु विधीको शासन मानेर गएका हुन् नि । माओवादीहरुका बालकृष्ण ढुँगेलहरु सर्बोच्व अदालतले सर्वस्वसहित जन्मकैद घोषणा गर्दा बाहिर हिँडेका छन् यसकारण काँग्रेसले विधीको शासनबाट कम्प्रमाईज गर्दैन यसमा ढुक्क भए हुन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग