Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिठाई र मोबाइलको लोभ देखाएर दुई बालिका बलात्‍कृत

Published on 7:57:00 PM //

म्याग्दी/काभ्रे , चैत्र २२ - भगवती ८ की ८ वर्षीया एक बालिकालाई स्थानीय १५ वर्षीय किशोरले बलात्कार गरेका छन् । आफन्तको संरक्षकत्वमा पीडित बालिकाले बुधबार जिल्ला प्रहरीमा दिएको जाहेरीअनुसार ०६९ चैत ९ गते शुक्रबार बिहान ९.३० बजे विद्यालय जाने क्रममा पीडकको घरमा बलात्कृत भएकी हुन् । आमा मामाघर गएकी र घरमा छामा (आमाकी बहिनी) सँग बस्दै आएकी बालिकाले आमाघरमा फर्केपछि ०६९ चैत १९ गते घटना सार्वजनिक गरेकी हुन् । 'म स्कुल जान हिँडेकी थिएँ । उसको घरछेउ पुगेपछि मिठाई खान आऊ भन्यो र म गएँ । मिठाई दिएपछि घरभित्र लग्यो,' आफन्तसँग प्रहरी जाहेरीमा बालिकाले उल्लेख गरेकी छन् ।
उता मोबाईल दिने लोभ देखएर एक युवकले काभ्रेको घर्तिछाप गाविसमा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको छ । आफू बलात्कृत भएको बालिकाले परिवारलाई बताएपछि घट्ना सार्वजनिक भएको हो ।

पीडितकी काकाले मोबाइल किनिदन्छिु भन्दै स्थानीय ३१ वर्षीय प्रेम लामाले बलात्कार गरेको आरोप लगाए । प्रहरीले घट्नाबारे जानकारी आएको भन्दै बुझ्ने काम भइरहेको बताएको छ । घट्ना सार्वजनिक भएसंगै आरोपी लामा गाउँबाट फरार भएका छन् ।

घट्नास्थल काभ्रेको विकट गाउँ भएकाले बुधबार भएको उक्त घट्ना बारे प्रहरीमा जाहेरी पर्न र अनुसन्धानमा ढिला भएको हो ।

काभ्रेमा दुई महिनाको अवधिमा ४ जना बालिका बलात्कृत भएको  घटना सार्वजनिक भईसकेको छ । -कान्तिपुर दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग