Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वावुको वन्चरो प्रहारवाट छोरा मरणासन्न

Published on 8:55:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख १३ गते । गुल्मी दोहोली गाविसमा बाबुको बन्चरो प्रहारबाट छोरा गम्भिर घाईते भएका छन् । दोहोली गाविस वडा नं.९ कोटकोटेरी तिम्लेखर्क निवासी ४६ वर्षिय बाबु टिकाबहादुर क्षेत्रीले आफ्नो २२ वर्षको छोरा गंगाबहादुर क्षत्रीलाई बन्चरो प्रहार गरी घाईते बनाएका हुन् ।
गंगवहादुरको टाउकोमा गम्भिर चोट लागेको छ । घाईते क्षेत्रीको जिल्ला अस्पत्ताल तम्घासमा उपचार हुन नसकेपछि मिसन अस्पत्ताल पाल्पामा पु¥याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बन्चरो प्रहार गर्ने बाबु टिकाबहादुरलाई ईश्मा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनावारे अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । केहीदिन अघि पनि गुल्मीकै धुर्कोट रजस्थल ९ मा छोराहरुले बाबुलाई कुटेर मरणासन्न बनाएपछि वावुको अहिले बुटवलमा उपचार भैरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग