Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तर्जातिय बिवाह गरेकी सुत्केरी ईश्वराको बिचल्ली, स्वास्थ्य चौकिकै शरण

Published on 9:15:00 PM //


नरेश भण्डारी
अमरपुर उपस्वास्थ्य चौकीमा ५९ वर्षीय लालबहादुर विश्वकर्माकी ३५ वर्षीया पत्नी इश्वराले ०६९ चैत ३० गते एक शिशुलाई जन्म दिइन् ।
आधा उमेर काटेका लालबहादुर छोरा जन्मीदा निकै खुसि थिए । स्वास्थ्य चौकीमा आएका सबैले वधाई दिए अविर पनि लगाई दिए । जीवनमा यति धेरै खुसी र उमंग नबेहोरेकी दायाँ हात र खुट्टा राम्रो संग नचल्ने अपाङ्गता भएकी इश्वरा पनि नवजात शिशुलाई काखमा लिन पाउँदा इश्वरले संसारको सवै भन्दा ठुलो खुसि आफ्नै काखमा ल्याएर राखिदिएको अनुभुत गरिन् ।
अपाङ्गता भएकी सुत्केरी ईश्वरालाई उप-स्वास्थ्य चौकीमै पालेर दुध चुसाउन सहयोग गर्दै अमरपुर उपस्वास्थ्य चौकीकी अनमी कमला भण्डारी । तस्बिर: नरेश भण्डारी 
उपस्वास्थ्य चौकीले यातायात खर्च उपलव्ध गराउन घर ठेगाना माग्यो तव यी दम्पतीलाई विस्मय र चिन्ता भयो कि आफ्नो घर कहाँ हो ? नागरिकता पनि बनाएको छैन । अर्काको घरमा निमेक गरेर जहाँ रात पर्छ त्यही बास बस्दै आएका दम्पतीलाई बल्ल भविष्यको चिन्ता भयो भने उपस्वास्थ्य चैकीलाई नवजात शिशुको । बच्चा र सुत्केरीलाई कहाँ राखेर स्याहार सुसार गर्दछौं भनि सोधेपछि उनले आख्रारुखे बाबुराम विश्वकर्मा कहाँ लगेर खाली घरमा राख्दछु भने । सिनियर अहेव युवराज भण्डारीले घर दिने नदिने बारे फोन गरेर बुझ्दा कुल रिसाउने भन्दै बाबुरामले घर उपलव्ध गराउन नसक्ने जवाफ दिए । अन्य कुनै उपाय छ कि भनी लालबहादुर लाई सोधियो उनी रुन मात्र सके जवाफ फर्काउन सकेनन् । १४ वर्ष अघि दाजुभाईहरुले हेला र दुर्व्यबहार गरेपछि बस्तु गाविसको आफ्रबाट अमरपुरमा आई यहाँका ठुलाबढाको चाकरी र निमेक गरेर गुजारा गर्दै आएका लालबहादुरले उपस्वास्थ्य चौकीलाई नै समस्या समाधानको उपाय खोज्न अनुरोध गरे ।
जव बस्तु गाविसको धनार्दीकी कथित उपल्लो जात भनिने बाहुनकी बालिकाले दलित संग प्रेम विबाह गरी परिवारको नाक काटेको भन्दै इश्वराका माईति पक्षले समेत स्याहार सुसारको जिम्मेवारी लिन अस्वीकार गरे तव उपस्वास्थ्य चैकीकी अनमी कमला भण्डारीले जवसम्म यी दम्पतीको स्थाईबास स्थानको व्यबस्था हुँदैन तव सम्म स्वास्थ्य चौकीमै राखेर स्याहार सम्भार गर्ने निधो गरीन् । यसकाममा स्थानीयले समेत पालैपालो खाना दिएर सहयोग गर्ने प्रतिवद्धता जनाए । आफ्नो हातले बच्चालाई दुध चुसाउन समेत नसक्ने इश्वराका पति मेलापात गएको बेला स्थनीय र अनमी मिलेर दुध चुसाउन मद्धत गर्ने । सुत्केरीलाई आवश्यक पोषिलो खानेकुरा आफ्नै घरमा बनाएर खानदिने गर्दै आएका छन् ।
अमरपुरवासीले गाविसको वडा नम्वर ६ को सार्वजनीक बनको जग्गामा छाप्रो बनाईदिएर घरबासको प्रवन्ध गरीदिने भन्दे पैसा हुनेले पैसा, सिप हुनेले सिप र त्यो पनि नहुनेले श्रम दिने प्रतिवद्धता सहित घर निर्माण गरिदिएका छन् । यो दम्पती छोरा सहित आफ्नै गरमा चाँडै नै बस्न पाउने आशाले हौसिएका छन् बिक दम्पती र  भन्छन् मान्छे भित्रको दया र माया मरेको छैन ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग