Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

टिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार २ गम्भीर घाइते

Published on 7:41:00 PM //


अनिल खत्री
गुल्मी, बैशाख १३ । गुल्मीको बिरबासमा मोाटरसाईकललाई ट्रिपरले ठक्कर दिदाँ मोटर साईकलमा सबार दुई जना गम्भिर घाईते भएका छन् ।
रिडीबाट तम्घास तर्फ आउदै गरेको ना ४ ख १२४ नम्बर को टिप्परले बिरवासबाट हर्दिनेटा तर्फ जाँदै गरेको लु २ प ६९०० नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी बिरवास स्थित तल्लो बजारमा ठक्कर दिँदा मोटरसाइकल सवार २ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
बिवाहमा गएर आफनो घर हर्दिनेटा तर्फ फर्कने क्रममा उनिहरुलाई टिप्परले ठक्कर दिएको हो । दुर्घटनामा परि गुल्मी हर्दिनेटा –९ का २४ वर्षिय थम्मन बहादुर बराल र २६ वर्षिय हिरा बहादुर रजाली गम्भीर घाइते भएका हुन । अहिले घाइतेहरुको स्थानिय मेडिकलमा उपचार हुन नसकेपछि पाल्पा स्थित मिसन अस्पतालमा थप उपचारको लागी लगिएको स्थानिय पत्रकार रामकृष्ण कँडेलले गुल्मीन्युजलाई जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालक, मोटर साइकल यतीबेला प्रहरीको नियन्त्रमा रहेको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग