Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छोराले आफ्नै बाबुको खुट्टा भाँचे

Published on 2:32:00 PM //

धुर्कोट (गुल्मी), २३ चैत । गुल्मीको धुर्कोट रजस्थलमा छोराले आफ्नै बाबुको खुट्टा भाँचेका छन् । धुर्कोट रजस्थल गाविस – ९ निवासी तारापति भण्डारीलाई बुधबार राति खाना खाएर सुतेका बेला राति आफ्नै छोरा जीवन भण्डारीले कुटेर गम्भीर घाइते बनाएका हुन् । घाइते भण्डारीको खुट्टा भाँचिनुका साथै शरीरका विभितन्न भागमा गम्भीर चोट लागेको स्थानीयवासीले बताएका छन् ।
परिवारजनका अनुसार बाबु छोराबीच अंशवण्डासम्बन्धी मनमुटाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर कुटपिट भएको हुनसक्ने धुर्कोट प्रहरीले जनाएको छ । बुटवलमा होटल व्यवसाय गरी बसेका छोरा जीवनलाई झिकाउने प्रयास भएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनी राति नै बाबुलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेर बुटवल भागेका छन् । घाइतेको तम्घासमा उपचार हुन नसकेपछि पाल्पा पठाएको प्रहरीले जनाएको छ । रासस

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग