Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नियन्त्रणमा आएको दुई घण्टा नवित्दै रेसुङ्गा क्षेत्रमा पुन: आगलागि

Published on 6:59:00 PM //

पराल्मी गाविसका दुई गाउँ उच्च जोखिममा
जनार्दन घिमिरे
गुल्मी, ३० चैत । गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गा जंगलमा गत तीन दिनदेखि लागेको आगो नियन्त्रणमा आएको दुई घण्टा नवित्दै पुनः आगलागि शुरु भएको छ । आगलागिवाट अहिले गुल्मीको पराल्मी गाविस ४ स्थित तामा र छापा गाउँ उच्च जोखिमा परेका छन् ।
हावाहुरिसँगै वन क्षेत्रवाट गाउँतिर आगो वढ्दै जान थालेपछि अहिले त्यस क्षेत्रका स्थानीयवासिहरुले आगो निभाउनकालागि सहयोग गरिदिन संचार माध्यम मार्फत सवैसँग आग्रह गरेका छन् । त्यसैगरि सुरक्षा नियकायले पनि गाउँलाई जोखिम मुक्त वनाउन सहयोग गर्नका लागि स्थानीय सवैमा आग्रह गरेको छ ।
घटना स्थलमा अहिले प्रहरी, नेपाली सेना र स्थानीयवासीहरु गरि सयौंको संख्यामा मानिसहरु आगो निभाउने कार्यमा जुटिरहेका छन् । गत वुधवार दिउँसो दुविचौर गाविस नजिकैको भीरवाट अचानक सल्केको उक्त आगो दुई दिनको प्रयासपछि स्थानीयवासी नेपाल प्रहरी, नेपाली सेना, गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला वन कार्यालय, तथा सर्वसाधारणले आज दिउँसो नियन्त्रणमा लिएर फर्केको दुई घण्टा नवित्दै पुन आगलागि शुरु भएको हो ।
रेसुङ्गा क्षेत्रको नुनामारे, पराल्मीको तारनेटा र धागो बाध्ने डाँडागरि अहिले तीन तिरवाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगो निभाउनकालागि अहिले नेपाली सेनाको टोली लगायत प्रहरि निरिक्षकहरु जितेन्द्र वस्नेत र रविन्द्र विष्टको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगि आगो निभाउने प्रयास भईरहेको छ ।
अफ्ठेरो भीर र सडेगलेका काठ तथा पात पतिंगरका कारण आगो नियन्त्रणमा लिन समस्या परेको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ । उक्त आगो नियन्त्ररण गर्न गुल्मी उद्योग वाणिज्य संघले आज विहान वाह्र वजेसम्म सदरमुकाम तम्घास वजार वन्दगरि आगो निभाउने कार्यमा सहयोग पुराएको थियो । हावाहुरिका कारण जंगलको ठूलो क्षेत्रफलमा फैलिएको उक्त आगो निभाउन नेपाल प्रहरी र नेपाली सेनाको एक्लो प्रयासले मात्र संभव नभएपछि जिल्ला दैवि प्रकोव उद्दार समितिले स्थानीय गुल्मी उद्योग वाणिज्य संघलाई सहयोग गर्न आग्रह गरेको थियो ।
आगो निभाउनकालागि स्थानीयवासिहरुले ग्यालेन र गाग्रिमा पानी वोकेर जंगल पुगेर आज दिउँसो आगो नियन्त्रणमा लिएका थिए । लामो प्रयापछि पनि आगो नियन्त्रणमा नआएपछि आज विहान सुरक्षाकर्मिहरु, कर्मचारी, व्यापारी तथा सर्वसाधारण गरि करिव पाँच सय जना मानिसहरु परिचालनपछि अपरान्ह मात्र आगो नियन्त्रणमा लिएको दुई घण्टा नवित्दै पूनः आगो लाग्न शुरु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले वताए ।
तीन हजार हेक्टर क्षेत्रफलमा फैलीएको उक्त रेसुङ्गा जंगल क्षेत्रमा एउटा धार्मिक बन र १८ वटा सामुदायीक वनहरु रहेका छन् । आगोलागिवाट त्यस क्षेत्रको करिव आठ सय हेक्टर क्षेत्रफल जंगल नष्ट भएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ । उक्त क्षेत्रमा वर्षेनी आगो लाग्दै आए पनि यति ठूलो क्षेत्रफल वन पहिलो पटक नष्ट भएको स्थानीयवासिहरुले वताएका छन् । उक्त रेसुङ्गा वन क्षेत्रवरिपरि एघार गाउँ विकास समितिहरु रहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग