Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा आगलागीका घटना दिन प्रतिदिन वढ्दो

Published on 1:06:00 AM //

पि.एम.मगर
गुल्मी, चैत्र २० । गर्मीयाम शुरु भए सँगै गुल्मी लगायत देशैभर आगालागीका घटनामा वृद्धि भएको छ । यस संवन्धी घटनाहरु हामी दिन प्रतिदिन सुन्ने र देख्ने गर्छौँ ।
आगलागीवाट करोडौँको क्षति समेत भएको हुने गरेको छ । आगलागी हुन नदिन सवै नागरिकको दायित्व हो र आगो लागेको देखिए निभाउनु सवैको कर्तव्य पनि हो । गर्मी याम शुरु भए लगत्तै आगलागीका घटनाहरुमा वृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला वन कार्यालय गुल्मीले पनि सवै पक्षलाई सावधानी अपनाउन आगं्रह गरेको छ । विशेषत जङ्गल नजिक खेतवारी हुने जग्गा धनीहरुले आ–आफ्नो खेत मलिलो वनाउनका लागि भन्दै पात पतिङ्गर तथा झाडीहरु जलाउने तथा अन्य सामान्य लापरवाहीले गर्दा सल्केको आगोले सिङ्गो वन, गाउँ समुदाय तथा अन्य भौतिक सामाग्री समेत जलेर क्षति भोग्नुपर्ने अवस्थालाई दृष्टिगत गरी ती कार्यालयहरुले यस्तो आग्रह गरेका हुन् ।
केही दिन अघि कार्यक्रम रेसुङ्गा सेरोफेरोसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले प्रत्येक नागरिकले आगलागी हुनवाट वच्न वचाउँनप्रति सावधानी अपनाउन आग्रह गर्नुभएको थियो । खेतवारीमा कसैले मल प्रयोजनका लागि आगो सल्काउँदा वन जङ्गल वा कसैको घरगोठमा आगलागी हुन गए त्यस्ता जग्गाधनीलाई प्रशासनले कारवाही गर्ने समेत उहाँले बताउनुभएको थियो । यस्तै जिल्ला वन कार्यालयले पनि जनहितका लागि सुचना जारी गरी आगलागी हुन नदिन सवै नागरिकले खेल्नुपर्ने भुमिकाका विषयमा स्मरण गराउँदै आईरहेको छ ।
उता गुल्मीकै अमरअर्वाथोक गाविसमा एक व्याक्तिको घरमा आगलागी हुँदा करिव ५० हजार वरावरको क्षति भएको छ ।
अमरअर्वाथोक गाविस वार्ड नं. ७ निवासी कमल सोमै मगरको पुरानो घरमा आगो लाग्दा उक्त रकम वरावरको क्षति भएको हो । आगलागीवाट पुरानो घरमा राखिएका काठ, दाउरा लगायतका सामाग्री एवं नजिकै राखिएको घाँसपात पनि जलेको रामकृष्ण कण्डेलले जानकारी दिनुभयो । आगो स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा आएको र आगो कस्ले लगाएको भन्ने खुल्न नसकेको कण्डेलले वताउनुभयो ।

यस्तै गुल्मीको वम्घा गाविस स्थित एक घरमा आगलागी भएको छ । वम्घा २ निवासी हिमकला वोटेमाझीको घरमा विहान ४ वजेतिर एक्कासी आगलागी भएको हो । आगलागीवाट घर पुर्णरुपमा क्षतिग्रस्त वनेको छ । घरको कोठामा वुहारीले मैन वत्ती सल्काएर वाहिर काम गरिरहेको अवस्थामा भित्तामा टाँसिएको पोष्ट कार्ड तथा कागजवाट आगो सल्किएको पारिवारीक श्रोतको भनाई छ । इलाका प्रहरी कार्यालय जोहाङ्ग र स्थानीयवासीको पहलमा झण्डै २ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । क्षतिको एकिन भने अझै भएको छैन । अनुसन्धान जारी रहेको जोहाङ्ग इलाका प्रहरी कार्यालयले जनाएको छ । सोही घर नजिकै रहेको अर्को घरलाई भने पानीले छ्यापेर आगोवाट जोगाउन सफल भएको हेम त्यागीले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग