Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हर्मिचौरको शिविरमा ५ सय ६६ जनाले नागरिकता पाए, ६ सय मतदाता नामावालीमा दर्ता

Published on 5:21:00 PM //

पि.एम.मगर
गुल्मी, वैशाख १५ । कार्यालयमा आउन नसकी सेवाबाट बन्चित भएका नागरिकलाई सेवा दिने उद्धेष्यले जिल्ला प्रसासन कार्यालय सहितका जिल्लाका सरकारी कार्यालयहरुले शुरु गरेको एकिकृत घुम्ति सेवा कार्यक्रम अन्तर्गत गुल्मीको हर्मिचौरमा दुई दिने शिविर आईतवार अवेर सम्पन्न भएको छ ।
जिल्लाको पुर्वि क्षेत्र अर्वेनी, हर्मिचौर र ठुलो लुम्पेक गाविसलाई केन्द्रीत गरेर हर्मिचौरमा आयोजना गरिएको दुई दिने शिविरमा आज अन्तिम दिन पनि सेवाग्राहीको अत्यधिक भिड लागेको थियो । सो स्थानमा एक दिने घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेपनि सेवाग्राहीहरुको अत्यधिक भिड वढेपछि एक दिन समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले वताउनुभयो । शिविरमा विशेष गरी नागरिकता लिने र फोटो सहितको मतदाता नामावली दर्ताका लागि सेवाग्राहीहरुको अत्यधिक भिड लागेको थियो । घुम्ती शिविरमा ५ सय ६३ वटा नागरिकता वितरण, ६ सय जनाको फोटो सहितको मतदाता नामावली दर्ता गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घर्तिले जानकारी दिनुभयो । शिविरमा महिला तथा वालवालिका विकास कार्यालयले ४७ वटा अपाङ्गता परिचय पत्र वितरण गरेको छ । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले २ सय १५ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श तथा औषधि वितरण गरेको छ भने जिल्ला पशु सेवा कार्यालयले २ सय ५० वटा जनावरको स्वास्थ्य परीक्षण गर्नका साथै निशुल्क औषधि वितरण गरेको छ । जिल्ला कृषि विकास कार्यालयले विउ विजन, नेपाल टेलिकमले ५ सय वटा जिएसएम सिम र १५ वटा स्काई फोनको सिम वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालयले पनि सुरक्षा अवस्थाका विषयमा जानकारी लिने तथा प्रशिक्षण दिने कार्य गरेको थियो भने जिल्ला हुलाक कार्यालयले ६ हजार वरावरको हुलाक टिकट सेवा प्रदान गरेको छ । एकिकृत घुम्ति सेवा कार्यक्रम अन्तर्गत भोली पुर्तिघाटमा शिविर वस्दैछ । विशेष गरी पुर्तिघाट, अर्वेनी, फोक्सिङ्ग, खडगकोट, जयखानी, भुर्तङ्ग, भार्से लगायतका स्थानलाई मध्यनजर राख्दै पुर्तिघाटमा शिविर सञ्चालन हुन लागेको हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग