Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तर्जातिय प्रेम बिवाह गरेका दुर्गा र बिष्णुलाई तेश्रो पटक पनि छुटाईयो

Published on 5:23:00 PM //

प्रेम सुनार
बैशाख १५, गुल्मी । ६ महिना अघि अन्तर्जातिय प्रेमविवाह गरेर भागेका गुल्मी अमरपुरका विष्णु नेपाली र दुर्गा पोखरेललाई परिवारले फकाएर घर झिकायो, केटालाई थाना-चौकी र केटीलाई खोसेर बुटवल लगेर हिंड्यो । तर केटीले विष्णुलाई त्याग्न सकिनन् र गत हप्ता आफै विष्णुको घर भित्रिन गईन । फेरी पनि उनका परिवारले छुटाएर लग्यो । प्रहरीमा आएकी उनि फेरी विष्णुकै घर भित्रिन गईन । त्यो दोश्रो पटक थियो हिजो तेश्रो पटक पनि छोरीलाई जवरजस्ती छुटाएर लग्यो परिबारले, यो अमरपुर गाविस वडा नम्वर ८ को खवर हो ।
छोरीले त्यति गर्दा पनि त्यो परिवारले फेरी छोरी हराएको भन्दै प्रहरीमा उजुरी पर्‍यो र प्रहरीको संरक्षणमा जवरजस्ती केटीलाई त्यहाँबाट लगेर गएको हो तर उनको अवस्था गए रातीदेखि अज्ञात छ । दलितसंग कुनै पनि हालतमा विवाह गर्न नदिने भन्दै १६ वर्षिय दुर्घा पोखरेललाई उनका परिवारजनले स्थानिय १८ वािर्षय विष्णु नेपाली बिचको सम्वन्ध छुटाउन वालविवाहको मुद्धा दिने धम्की दिँदै आएको थियो ।
प्रहरी कार्यालयबाट बाहिरिएका विष्णु र दुर्गा आफुहरुको सम्वन्ध अव कसैले छुटाउन नसक्ने भन्दै यसरी हात समाउँदै तस्विर खिचाएका थिए तर हिजोदेखि जबरजस्ती छुट्टाईए उनिहरु । थाह छैन उनिहरुले आफ्ना माया प्रेमका दुश्मनलाई फेरी लोप्पा खुवाउँछन वा सधैका लागि छुट्टिने हुन । तस्बिर: प्रेम सुनार 
‘बरु विष खाएर मर वा झुण्डीएर मर्छिस भने डोरी दिन्छु तर त्यो तल्ला जातसंग जानै दिन्न’ काका भिमप्रसादले भन्ने गरेको दुर्गाले बताईन । उनि यो तेश्रो पटक पनि परिवारबाट फुस्कीन नसकेर डाँको छाड्दै उनिहरुको कब्जामा बाध्य भएर हिंडेकी छिन् । काका भिमप्रसादले कुटपिट तथा यातना दिँदै गरेको उनले बतउँदै आएकी छन् । बिष्णु र आफु विचको सम्वन्ध छुट्याईदिए आत्महत्या गर्ने धम्की समेत दिएकी दुर्गाले प्रहरीमा आफुलाई २४ घण्टा भन्दा बढि समय राखिएकोले मुक्त गराउन ईन्सेक गुल्मीमा आग्रह गरेपनि प्रहरीले हिरासतमा नभई संरक्षणमा राखेको प्रतिकृया दिएको ईन्सेक प्रतिनिधी नरेश भण्डारीले बताए ।
विष्णुलाई दुर्गासंग भेट गर्न नदिएको र फेरी लगेमा आफुहरुले फेरी समातेर माईतीकै जिम्मा लगाई दिने भन्दै आफुलाई प्रहरीले धम्काएर पठाएको विष्णुले बताए । तर प्रहरी निरक्षक जितेन्द्र बस्नेतले आफुहरु उनिहरुको मिलन होस भन्ने पक्षमा रहे पनि उनिहरुको विवाह गर्ने उमेर नपुगेका कारण परिबारको जिम्मा लगाईएको बताए । उता विष्णुका परिबारले भने पोखरेल परिबार आँफैले छुटाउन नसकेपछि प्रहरीको साहरा लिएको र उनिहरु तेश्रो पटक पनि छुटाउन सफल भएको आरोप लगाएको छन् ।
पहिलो पटक मंसिरमा प्रेमविवाह गरी भागेका यि जोडीलाई छुटाएर बुटवलतिर लगेर विवाह गराउन खोजिएको थियो । ‘दुई तिनवटा केटा देखाए मैले मानिन’ दुर्गाले भनिन् ‘आफुहरुले विवाह गराईदिन उमेर नपुगे पनि हुने, म विष्णुसंग विवाह गर्दा वालविवाहको मुद्धा दिउँ की दुर्गालाई छाडछस् भनेर धम्काउने?’ दुर्गाले थपिन, 'बरु म जेल जान तयार छु तर म विष्णुलाई त्याग्न सक्दिनँ ।’
गए राती तम्घासको एक होटलमा राखिएकी दुर्गा निकै रोएको र जवरजस्ती वुटवलतिर लैजाने प्रयास भैरहेको बताईएको छ । दलित भएको भन्दै विष्णुका परिबारलाई घृण गर्ने, धम्काउने र दुख दिने कार्यमा स्थानिय शिक्षक समेत रहेका उनका काका भिमप्रसादले प्रमुख भुमिका खेलेको स्थानिय दलित अगुवाहरुले बताएका छन् ।
उमेर नपुगे पनि एक अर्का विना बाँच्नै नसक्ने अवस्थामा पुगेका यी जोडीलाई फिल्मी शैलीमा तेश्रो पटक पनि छुटाईनु प्रती दलित अधिकारकर्मीले खेद प्रकट गरेका छन् । ‘हामीले त उमेर पुगेको छैन विवाह नगर भनेर सम्झाएकै हो तर दुर्गाले नै उनि विना बाँच्नै सक्दिन भनेपछि हामी मौन बसेका हौं’ दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्मालो भने, ‘कुनै न कुनै बहानमा अफ्ठयारो पारेर दलितसंगको बैबाहिक सम्वन्ध छुटाउन हिजो जे जति षडयन्त्र हुन्थे आज पनि त्यो कायमै छ । जातिय विभेद माथीको यो निन्दनिय विषयलाई सञ्चार माध्यमले महत्वका साथ उठाई दिनु प¥यो ।’
तिन पटकसम्म छुटाएर पनि छुट्टिन नचाहेकी दुर्गालाई त्यसरी जवरजस्ती छुटाएर चोख्याउँदै अव कुन चाँही स्वःजातियलाई फसाईने हो, तर मैले छोड्दिन वियोगको पिडाले तिन दिन देखि खान नखाएका विष्णुले भने तिमी जहाँ छौ सुचित गर म लिन आउँछु ।’ श्रोतका अनुसार दुर्गाले फोन गरेर सुचित गर्न चाहेपनि परिवारले फोन प्रयोग गर्न र बाहिर निस्कन दिएको छैन । उनि माथी परिबारले यस अघि पनि कैदी–बन्दीको ब्यबहार गर्दैआईरहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग