Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्यालयको मनपरी: चारित्रिक प्रमाणपत्रका नाममा तिन हजारसम्म असुली

Published on 3:07:00 AM //


अशोक गौतम
बुटवल, बैशाख १२ । बुटवलको ईन्टल्याक्चुअल एकेडेमिले चारित्रिक प्रमाणपत्रका नाम अभिभाबकसंग तिन हजार सम्म असुलेको छ । बिद्यालयले आफुहरुलाई ठगि गरेको भन्दै केहि अभिभाबकहरुले बिरोध समेत जनाएका छन । मिलनचोक तिनकुनेका तारा घिमिरेले आफ्नो छोरा आर्यन घिमिरेको चारित्रिक प्रमाणपत्र बनाउँदा ३ हजार तिर्नुपरेको हो ।

त्यस्तै सोहि ठाउँकी कल्पना पोख्रेलले पनि आफ्नो छोरा प्रजित पोख्रेलको चारित्रिक प्रमाणपत्रकै लागि पच्चिस सय तिर्नुपर्यो । तारासंग ३ हजार लिए पनि कल्पनाले भने चारित्रिक प्रमाणपत्रको नाममा ठगि गरेको भन्दै बिरोध जनाए पछि उनलाई बिद्यालयले पाँच सय छुट दिएर २५ सय असुलेको हो । आफ्ना छोराछोरिलाई बिद्यालय छोडाएर अन्यत्रै लैजाने सबैजसो अभिभाबकसंग सो बिद्यालयले यसरि नै मोटो रकम असुलि रहेको छ ।
पिडक बिद्यालय, पिडित तारा र कल्पना यस्ता घटनाका उदाहरण मात्र हुन् । शिक्षाको नाममा अस्बस्थ्य प्रतिष्पर्धा गर्दै गरेका निजि बिद्यालयहरुले अभिभाबकलाई बिभिन्न बाहानामा ठगि गर्दै आएका छन । बिद्यार्थी तान्ने होडमा लागेका निजि बिद्यालयहरुले बिद्यार्थि आफ्नो बिद्यालयमा ल्याउन र टिकाइ राख्न जास्तोसुकै काम गर्न पनि पछि पर्दैनन ।

अभिभाबक संघ रुपन्देहिका अध्यक्ष लोकनाथ ज्ञबालीले चारित्रिक प्रमाणपत्रका लागि ३ हजार सम्म लिनु सरासर ठगि भएको बताए । धेरै अभिभाबकहरु सचेत नबन्दा निजि बिद्यालयहरुमा मनपरितन्त्र हाबि भएको उनी बताउछन । चारित्रिक प्रमाणपत्रका लागि ५ सय भन्दा बढि नतिर्न उनले अभिभाबकहरुलाई उनको आग्रह छ ।
शिक्षाको नाममा जे पायो त्यहि गर्ने अधिकार कसैलाई नभएको उनको भनाई छ । निजी तथा आबासिय बिद्यालय अर्गनाईजेसन प्याबसन रुपन्देहिका अध्यक्ष कृष्ण खनालले ३ हजार सम्म असुल्नु गलत भएको बताए । निजि बिद्यालयहरुको यस्तो ठगि नियन्त्रण गर्ने निकाय जिल्ला शिक्षा कार्यलय भएको भन्दै प्यबासनले केहि गर्न नमिल्ने उनको भनाई छ । चारित्रिक प्रमाणपत्रका नाममा ठगि गर्नेलाई जिल्ला शिक्षा कार्यलय रुपन्देहिले कारबाहि गर्ने जनाएको छ ।

३ हजार असुल गर्ने बिद्यालयले के का लागि त्यत्रो रकम लिएको हो पुष्टि गर्न सक्नुपर्छ —रुपन्देहिका जिल्ला शिक्षा अधिकारि कृष्ण प्रशाद अधिकारिले भने । उनले पिडित अभिभाबकहरुलाई पैसा तिरेको बिलको फोटोकपि सहित जिल्ला शिक्षा कार्यलयमा उजुरि दिन आग्रह गरे । पिडित अभिभाबकहरुले आफुहरु ठगिएको भन्दै अभिभाबक संघ र प्याबसनमा मौखिक उजुरि समेत दिईसकेका छन । मासिक पैँतिस सय चार हजारको जागिर गरेर जिबन धान्ने अभिभाबकले चारित्रिक प्रमाणपत्रका लागि कसरि तिन हजार तिर्नसक्छन ? पिडित अभिभाबक तारा घिमिरेले भने मनपरि गर्ने बिद्यालयलाई कारबाहि हुनुपर्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग