Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुर्घा निमाविको स्वर्ण महोत्सव सम्पन्न

Published on 4:51:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख १३ गते । कुर्घा निमावि कुर्घा ४ गुल्मीको स्वर्ण महोत्सव समारोह विविध कार्यक्रमका साथ शुक्रवार सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरिलाल अर्यालले गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा मात्र विद्यालयका प्रगति भएको देखिने बताउनुभयो । साथै उहाँले सामुदायिक विद्यालयप्रतिको दायित्व नभुली सम्पूर्ण शिक्षक विद्यार्थीलगायत सरोकारवाला एक हुनुपर्ने बताउनुभयो ।
अर्यालले सम्पूर्ण शिक्षकहरुलाई विद्यार्थी अभिभावकको मन जितेर विद्यालयमा अघि बढ्न सम्पूर्ण  शिक्षकहरुलाई सुझाव दिनुभयो । कार्यक्रममा विशेष अतिथि जल प्रकोप नियन्त्रण विभाग काठमान्डुका उपसचिव कुलचन्द्र शर्माले पनि बोल्नुभएको थियो ।  २०१८ सालमा स्थापना भएको विद्यालयले ५० औं बर्ष पार गरेको अबसरमा  विद्यालयको स्तरोन्नतीसँगै भौतिक पूर्वाधार निर्माणका लागि थालिएको आर्थिक संकलन अभियानमा हालसम्म १७ लाख रकम संकलन गरेको जनाएको छ । सोर्ण महोत्सवको अन्तिम दिन आज समापन समारोहमा विद्यालयलाई सहयोग गर्ने चन्दादाता, भुपु शिक्षकलगायतलाई सम्मान गरिएको थियो । गत बैशाख ६, ७ र ८ गते विभिन्न कार्यक्रमहरु सम्पन्न भएपनि प्रतिकुल मौसमका कारण महोत्सवको आज मात्र समापन गरिएको हो ।
समापन समारोहमा नागरिक उड्ययन मन्त्रालयका बरिष्ठ अधिकृत सारदा शर्मा, स्वास्थ्य मन्त्रालयका अधिकृत रेवती रमण शर्मा, उद्योग मन्त्रालयका अधिकृत पर्मिला शर्मा, कफी विकास केन्द्र गुल्मीका भुपु अधिकृत झविराम शर्मा, जिल्ला शिक्षा कार्यालय गुल्मीका विद्यालय निरीक्षक दिपक भण्डारी, रुद्रावती बहुमुखी क्याम्पसका प्राध्यापक निरर्गेन्द्रप्रसाद रिजाल, जिल्ला शिक्षा कार्यालयका सव ईन्जिनियर मनोज मण्डल, निवर्तमान गाविस अध्यक्ष झविराम शर्मा, पत्रकार कौरव खत्रीलगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमला शर्माको अध्यक्षता, शिक्षक गुणाखर उपाध्याय र शिक्षक सुकदेव रिजालको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबिच जिल्ला शिक्षा कार्यालय गुल्मीले कुर्घा गाविसका दुई विद्यालयको अनुगमन तथा निरीक्षण गरेको छ ।
जिल्ला शिक्षा कार्यालय गुल्मीका शाखा अधिकृत हरिलाल अर्याल, विद्यालय निरीक्षक दिपक भण्डारी, रुद्रावती बहुमुखी क्याम्पस वामीका प्रध्यापक निर्गेन्दंप्रसाद रिजाललगायतको टोलीले कुर्घा गाविसको युनिक चिल्ड्रेन एकेडेमी भुवाचिदी र त्रिभुवन उच्चमावि भुवाचिदीको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा विद्यालयलाई विद्यार्थी भर्ना, टिकाउ निरन्तरता र उपलब्धि सुधार कार्यक्रमबारे जानकारी गराईएको कौरव खत्रीले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग