Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार महासंघ गुल्मीको भवन निर्माण गर्न उपभोक्ता समिती

Published on 2:45:00 AM //


गुल्मी, ४ बैशाख । नेपाल पत्रकार महासंघ गुल्मीको निर्माणधिन भवन सम्पन्न गर्नको लागी उपभोक्ता समिती गठन गरेको छ । तम्घास ६ अर्घाखाँची रोडमा निर्माणधिन भवन पूरा गर्नको लागी कार्यसमिती सचिव भरत पाण्डेयको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । महासंघको आज महासंघ कार्यालयमा सम्पन्न बैठकले भवन निर्माण कार्य सम्पन्न गर्न विभीन्न  क्षेत्रबाट आर्थिक सहयोग जुटाउने तथा निर्माणको बाँकी काम पूरा गर्ने निर्णय गरेको हो । समितिको उपाध्यक्षमा गणेश सारु, सचिव ज्ञान बहादुर महतरा, कोषाध्यक्ष गगनशिला खड्का र सदस्यमा सीता भण्डारी, अनिल खत्री र सकिला खातुन रहनुभएको छ ।
यसैविच महासंघ कार्यसमिती सदस्य गगनशिला खड्का प्रेस चौतारी नेपालको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको गरेको छ । केन्द्रिय सदस्यमा निर्वाचित खड्काको कार्यकालको सफलताको शुभकामना समेत व्यक्त गरेको छ । बैठकले नयाँ सदस्यता आवेदन खुल्ला गर्ने समेत निर्णय गरेको महासंघ अध्यक्ष घनस्याम गौतमले बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग