Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ तम्घासमै भएर पनि अती पिछडिएको गाउँको बिजोग

Published on 3:11:00 AM //


प्रेम सुनार
बैशाख ४ , गुल्मी । ‘दुरीका हिसावले त कुँडापानी र सिस्न्यारा गाउँ सदरमुकाम तम्घासबाट एकाध घण्टाको दुरीमा छ तर बिकासको दृष्टिले अग्लुङ्ग भन्दा पनि धेरै टाढा पो रै’छ’ त्यहाँ पुगेका नेता, कर्मचारी लागातले भने –‘सायद बत्ति मुनीको अँध्यारो भनेको यहि होला । ’
कुँडापानी सिस्न्यारा र बुट्टकुरी गाउँ अर्थात तम्घास वडा नम्वर ९, स्थानियबासीको भाषामा गाविस, जिविसबाट विकास वितरणमा सौतेलो गाउँ । गाउँमा गाडी पुर्याउन स्थानियबासीले नेताहरुसंग ज्यु हजुरी गर्न थालेका झण्डै २५ वर्ष भयो । सरकारी रकमको मुख ताक्ने हो भने अझै २५ वर्ष लाग्ने देखेपछि उनिहरुले चन्दा उठाएर मोटरबाटो खनेका रहेछन् । स्थानिबासीको त्यस उदाहरणीय कार्यलाई नियाल्न पुगेका नेकपा एमालेका नेता एवं पुर्व मन्त्री प्रदिपकुमार ज्ञवालीले भन्दै थिए –‘सायद बत्ति मुनीको अँध्यारो भनेको यहि होला । ’
नेता ज्ञवाली त्यहाँ पुग्दा जिल्ला स्तरिय नेता त धेरै पटक धेरै दलका पुगिसके तर केन्द्रिय तहका नेता पुगेको यो पहिलो पटक हो भन्दै थिए । अनि केहिले अघिल्लो संबिाधनसभा चुनावपछि सायद अव अर्को चुनाव हुने भएर होला गाउँ छिरे नेता ज्ञवाली भनेर कटाक्ष पनि गर्दै थिए ।
तम्घास कुँडापानी-जुरेढुङ्गा-सिस्न्यार मोटरबाटो खन्न सुरु गरेको झण्डै २५ वर्ष हुन लाग्यो । गत वर्ष बडो मुस्कीलेले सवै दलको पहलमा त्यस सडकमा पच्चीस लाख परेको थियो । त्यो रकम मैले नै पारि दिएको हुँ भन्न थुप्रै पटक थुप्रै दलका जिल्ला स्तरिय नेताहरु त्यहाँ पुगेको स्थानियबासी बताउँछन् । काम गर्ने हनुमान काज पाउने गुना भने जस्तो एउटा दललले रकम पार्ने, अर्को दलको ब्याक्तिले मैले नै पारिदिएको हुँ भनेर जनतासंग नाक ठाडो पार्ने राजनैतिक दलको जिल्लाब्यापी संस्कार नै हो, त्यहाँका लागि त्यो कुरा कुनै नौलो भएन ।
अग्लुङ्ग लगायत दुरदराज गाविसहरुका टोल टोलमा गाडी पुग्दा सदरमुकाममैं रहेको कुँडापानी, सिस्न्यारा र बुट्टाकुरी गाउँमा पनि जमनामै गाडी पुग्नु पर्ने तर अहिले मुस्कीलले गाडी पुग्ने तयारीमा रहेको बेला मैरै दलको पहलमा मोटरबाटो खनिएको हो, कसैले भन्छ भने त्यो भन्ने ब्याक्ति लाज सरम पचेको हो । नेता ज्ञवालीले भने त्यसो भनेन बरु स्थानियबासीको प्रयासलाई सह्राना गरे । कुँडा पानीका पुराना समाज सेवी माधवप्रसाद पन्थी, मोटरबाटो उपभोक्त समितिका अध्यक्ष कृष्णप्रसाद पन्थी लगायतले आग्राह गरेपछि उनिहरुको प्रयासलाई धन्यवाद दिदै नेता ज्ञवालीले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
मोटरबाटोको समस्या मात्र होईन तम्घास ९ पुरै गाउँका जनता खानेपानीको विकराल समस्या झेल्दै आएका छन् । त्यस वडामा रहेको सिस्न्यार पातल सामुदायिक वनबाट तम्घासमा पानी ल्याईएको छ । तर त्यहाँका बासीन्दाले रेसुङ्गाको पानी उपभोग भन्दा बढि सास्ती खेपेका छन् । वर्षायाममा अन्यत्र पानीको छयाल ब्याल हुन्छ त्यहाँ हाहाकार हुन्छ ।
पाईप पैरोले बगाउने, पाईपमा माटाको लेध्रो परेर पानी नआउने भएपछि खेत रोपाई छाडेर रातदिन कोदालो बोकेर हिँड्छन् पानी बनाउन कुँडापानी र नेटा गाउँका जनताहरु । त्यहाँको खानेपानी समस्या समधानको विकल्प तम्घास बृहत लिफ्टीङ्ग सिस्टम खानेपानी योजना हुन सक्छ । तर त्यो योजनाको पानी तेल जस्तै महँङ्गो हुँदै गएको भन्दै के गर्ने कसो गर्ने दुविधामा छन् सबैजना  सिस्न्यारा गाउँको खाम्से पानी पँधेरो संरक्षणको अभावमा पानी सञ्चय हुन छाडेपछि पानीको हाहाकार भएको छ । त्यो पँधेरो संरक्षणका लागि पहल गरिदिन स्थानियबासीले नेता ज्ञवाली, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीसंग आग्राह गर्दै थिए । उनहिरु संगै पुगेका पुर्व जिल्ला सभापति कौशल पोखरेल, स्थानियवासी समेत रहेका एमाले नेता जंग नेपाली लगायतले सदरमुकामकै गाउँ कुँडापानी, सिस्न्यारा र बुट्टाकुरी ओझेलमा परेको बताए ।

हिलो पटक केन्द्रिय स्तरका नेता एमालेका प्रदिपकुमार ज्ञवाली पुगेपछि खुशी प्रकट
गर्दै विकासको पहल गरिदिन आग्राही कुँडापानी र सिस्न्याराका वासीन्दा ।
त्यस्तै कारणले होला यसपाली स्थानिय अगुवा समाज सेवी बाबुराम पन्थी, अवकाश प्राप्त शिक्षक नित्यानन्द पन्थी लागायतले गाउँमा तिन लाख भन्दा बढि रकम चन्दा उठाएर बुट्टाकुरी नेटा बर्दबास छेडा पोखरी जनते ढुङ्गा सिस्न्यार सम्म करिव साढे २ कि.मी. मोटरबाटो खनेका छन् । उनिहरुको त्यस कार्यलाई एमाले नेता ज्ञवालीले धन्यबाद दिदै आवस्यक सहयोगको आश्वासन दिएका छन् । उपभोक्ता समितिका अध्यक्ष बाबुराम पन्थी र चन्दा संकलन गरेर मोटरबाटो खन्नमा मुख्य भुमिका निभएका नित्यानन्द पन्थीले नेता ज्ञवालीसंग सहयोगका लागि आग्रह गरेपछि नेता ज्ञवालीले सहयोगको आश्वासन दिएका हुन् ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य जंग नेपाली तम्घास ९ अत्यन्तै पछाडी परेको गाउँ भएकोले संचारकर्मीहरुले त्यहाँको अवस्था बाहिर ल्याई दिनुपर्ने बताए । ‘आफुहरुले पनि पहल गरेका छौ’ नेता नेपालीले भने– ‘सञ्चारकर्मीहरुले पनि पछाडी परेको यस गाउँको अवस्था बाहिर ल्याईदिनुहोस् । ’
हामीले बुझ्दा पनि तम्घास ९ अग्लुङ्ग लगायतका विकट गाउँ भन्दा विकासको दृष्टीले धेरै टाढाको गाउँ पायौं । यसर्थ जिल्ला स्तरिय राजनैतिक संयन्त्रले त्यस गाउँको विकासलाई प्राथमिकतामा राख्न पहल गर्ने कि ?

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग