Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बल्ल जागे जनता, रेसुङ्गाको आगो निभाउन तम्घास बजार बन्द

Published on 1:54:00 PM //



प्रेम सुनार
चैत्र ३०, गुल्मी । गत तिन दिनदेखि गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा लागेको आगो सेना प्रहरीको नियनत्रण भन्दा बाहिर गएपछि आज विहानै देखि तम्घास बजार बन्द गरी सबै नागरिक आगो निभाउन रेसुङ्गा उतारिएको छ । गुल्मी उद्याोग बाणिज्य संघको आव्हानमा तम्घास वजार बन्द गराई तम्घासका स्थानियहरुलाई रेसुङ्गा उतारिएको हो । बजार सुनसान छ ।
 मानिसहरु घर घरबाट ग्यालेन बाल्टीमा पानी बोकेर जाने क्रम जारी छ । विहानै सहायाक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले, उद्योग बाणिज्य संघका पदाधिकारीहरुले दर्जनौ सवारी साधनहरुमा सर्वसाधरण बोकेर रेसुङ्गा पुगिसकेका छन । यता प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सवारीसाधनहरुमा नागरिकहरु रेसुङ्गा पठाउँदै गरेका छन् । सरकारी कर्मचारी, उद्योगी व्यवसायी र स्थानिय सर्वसाधारण यसरी रेसुङ्गाको आगो नियन्त्रमा युद्ध स्तरमा लागेको सम्भवत: यो पहिलो घटना हो । 
 रेसुङ्गाको आगो यति भिषण रुपमा लगेको पनि पहिलो हो । सेना र प्रहरी मध्येरात सम्म रेसुङ्गामै थिए । आज विहानै सेना प्रहरी पुगे पनि उसको नियन्त्रण भन्दा बाहिर गए पछि जिल्ला दैविक प्रकोप ब्यवस्थापन समितिको हिजो बसेको आकस्मकि बैठकले बाणिज्य संघलाई आग्रह गरेपछि तम्घास बजार बन्द गरी नागरिकहरु रेसुङ्गा उतारिएको संघका महासचिव कृष्णप्रसाद पोख्रेलले बताउनु भयो । मानिसहरु पु¥याउने सवारी साधनहरु निजी, सरकारी सवै प्रयोग भैरहेका छन् ।



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग