रेग्मीले राजिनामा दिए सहमति बन्न सक्नेः एमाले नेता ज्ञवाली
Published on
12:14:00 PM //
प्रेम सुनार
चैत्र ३०, गुल्मी । मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्याधिष पदबाट राजिनामा दिए सडकमा उत्रेको नेकपा माओबादी सहित चुनावको विपक्षमा रहेका राजनैतिक दलहरु विच सहमति हुन सक्ने नेकपा एमाले नेता प्रदिपकुमार ज्ञवालीले बताएका छन् । ‘चुनाव नगराउनका लागि सडकमा उत्रेको नेकपा माओबादी, मधेसी जनधिकार फोरम लगायतका दलहरुलाई सहमतिमा ल्याउन जरुरी छ’ नेता ज्ञवालीले भने ‘त्यसका लागि मन्त्री परिषका अध्यक्ष रेग्मीले प्रधानन्याधिषबाट राजिनामा दिए उनिहरुलाई सहमतिमा ल्याउन सकिन्छ । ’
एमाले निकट नेपाल रािष्ट्रय शिक्षक संघठन गुल्मीको जिल्ला सम्मेलन उद्घाटन गर्न गुल्मी आईपुगेका उनले आज विहान प्रेश चैतारी गुल्मीले तम्घासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन । ‘नेकपा माओबादी जस्ता ठुला दलहरुलाई बाहिर राखेर चुनाव गराउन अस्मभव छ’ उनले भने‘ ति दलहरु पनि चुनावमा जान तयार हुनु पर्दछ र चुनावको पक्षमा उभिएका चार ठुला दलहरुले पनि उनिहरुलाई सहमतिमा ल्याउन हदै सम्मको लचकता अपनाउनु पर्छ ।’
नेकपा एमालेको पार्टी कार्यालय मदन आश्रित स्मृति भवन तम्घासमा आयेजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका पोलिटी ब्युरो सदस्य प्रदिपकुमार ज्ञवाली । तस्बिर: प्रेम सुनार |
बाबुराम भट्टराई सरकार विस्थापित गर्न आन्दोलनले नसक्ने देखेपछि रेग्मी नेतृत्वको सरकार स्वीकार गरेको उनले खुलासा गरे । त्यसो भए रेग्मी मन्त्री परिषद अन्य दलले भने झै जनघाति निर्णय थियो त ? भन्ने प्रश्नमा उनले भने ‘हो निश्चित रुपमा त्यो जनघाति नै थियो ।’ बास्तवमा हामीले तिन महिने जुवा नै खेल्यौ उनले भने यो जुवाले महाभारतमा अन्तिममा जुवा हार्दै जाँदा दुर्यौ्धनले द्रौपतिलाई च्याखे थापे झै पनि हुन सक्छ’ उनले भने हामीले ठुलो जोखिम मोलीरहेका छौ यस जुवामा हारे देश ठुलो संकटमा फस्ने छ । ’ ’दलहरुले आफ्नो प्रतिष्ठा, शाख त्यागेर रेग्मी नेतृत्वलाई स्विकार गरेपछि रेग्मीले पनि त्याग गर्न सक्नु पदर्छ’ उनले भने ‘उहाँले प्रधान न्याधिषबाट राजिनामा दिनुपर्छ दुईवटा डुङ्गामा खुट्टा राखेर हिँड्नु हुँदैन ।’ रेग्मी सरकारको विस्थापनपछि कुन नाक लिएर फेरी अदालतमै जाने ? यस्तो प्रश्न गर्दै नैतिकताको आधारमा रेग्मीले राजिनामा दिनु पर्ने उनको जिकरि थियो । उनले आगमी संविधान सभाको चुनाव एक प्रकारले जनमत संग्रह नै भएको विष्लेषण गरे । ‘पहिचान सहितको संघियता, जातिय राज्य सहितको संघियता चाहने नचाहने जनताले फैसला गर्ने भएकोले अगामी चुनाव जनमत संग्रह नै हो उनले भने ।
संविधानसभा विघटन हुनुको कारण जातिय राज्य सहितको संविधान माओबादी लगायतका दलले घोषण गर्न सक्ने भएकोले संविधान सभा विघटन गराउनु परेको उनले खुलासा गरे । ‘जातिय राज्य सहितको संविधान घोषणा गर्न माआवादी र मधेसबादी विच दुई तिहाई बहुमत बनि सकेको थियो’ उनले भने ‘उनिहरुले संविधान घोषणा गर्न सक्ने भएकोले विघटन हुन पुगेका् हो ।’ अगामी निर्वाचनमा जातिय राज्य सहितको संघियता चाहनेहरुलाई हराएर नेकपा एमालेको नेतंत्वमा बहुपहिचान सहितको संघिय राज्यका पक्षधरलाइ दुई तिहाई मत दिलाउनु पर्ने उनले बताए । राष्ट्रिय जनमोर्चा लगायतका दलहरु संग तालमेल गरेर दुई तिहाईको संविधान सभा बनाउन एमाले जुटेको उनले बताए । छिटो भन्दा छिटो चुनाव घोषण गर्न सरकारलाई अपिल गर्ने निर्णय भएको उनले बताए । ‘मंसिरमा पनि चुनाव हुनेमा आशंका छ उनले भने तर पनि चुनाव गराउनै पर्छ ।’