Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक विस्तार गर्ने नाममा जथाभावी खानेपानीको पाईप काटिदिएपछि गाउँले प्रभावित

Published on 4:01:00 AM //


पि.एम.मगर
गुल्मी, वैशाख १४ । सडक विस्तार गर्ने नाममा जथाभावी खानेपानीको पाईप काटिदिएपछि गुल्मी तमघास वार्ड नं. ९ का स्थानीयवासी खानेपानीको समस्यामा परेका छन् ।
सदरमुकाम तमघासदेखि अर्घाखाँची जोड्ने मोटरवाटो विस्तार तथा स्तरोन्नति गर्ने भन्दै सडकको छेउँमा रहेका खानेपानीको पाईप काटिदिएपछि तमघास गाविस वार्ड नं. ९ का करिव ६० घरधुरीका उपभोक्ताहरु खानेपानी उपभोग गर्नवाट वञ्चित भएका छन् । सडक विस्तार गर्ने बताउँदै डोजर लगाउँदा तम्घास ९ कुँडापानीमा पु¥याईएको ह्वाक्ने छहरा कुँडापानी खानेपानी आयोजनाको करिव ३ सय मिटर पाईप काटिँदा समस्या भएको स्थानीय समाजसेवी माधव पन्थीले बताउनुभयो । उहाँले अहिले सडक खन्ने काम पनि वार्ड नं. ८ र ९ को पाताल भन्ने स्थानमा पुगेर रोकिएको र खनिएको वाटो पनि स्तरीय नभएको बताउनुभयो ।
सडक विस्तार गर्ने कार्य विचैमा रोकिँदा यातायात सञ्चालनमा समस्या हुनुका साथै मोटर वाटो मुनी जग्गा भएका स्थानीय कृषकहरुले वेलैमा वाली लगाउन नसकेको स्थानीयले वताएका छन् । पानी परेपछि यतिवेला खेतवारीमा वाली लगाउने समयमा वाटोमुनिका बारीहरुमा ढुङ्गै ढुङ्गाले भरिएको र सडक पुरा नहुँदासम्म वाली लगाउन समेत समस्या भएको कृषकहरुले गुनासो गरेका छन् । उनीहरुले सडक अघि वढे वारीका ढुङ्गाहरु हटाई वाली लगाउन सकिने वताउँदै सडक पुरा नहुँदै वाली लगाउँदा फेरी सडक खन्नुप¥यो भने वालीनाली फेरी परिदिने सक्ने भएकाले वाली लगाउन नसकिएको वताएका छन् । सडक विस्तारको कार्य अवरुद्ध भएको विषयमा सोध्दा सडक विभागसँग विवाद रहेकोले अहिले रोकिएको ठेकेदारहरुले वताएको उनीहरुको भनाई छ ।
उपभोक्ताहरुलाई नै जानकारी नदिई खानेपानीको पाईप काटेर अस्तव्यस्त पारिदिएकाले विगत ४ दिनदेखि खानेपानी पुर्ण रुपमा अवरुद्ध भएको भन्दै स्थानीय उपभोक्ताहरुले यथाशिघ्र सडक विस्तारलाई अघि वढाई खानेपानी पाईपको मर्मततर्फ ध्यान दिन माग गरेका छन् । सडक विस्तारको कामलाई विभिन्न तीन भागमा विभाजन गरी ठेकेदारहरुलाई काम गर्ने जिम्मा दिएपनि उनीहरुले अहिले विस्तार गर्ने कार्य रोकेको र सडकका कर्मचारीहरु पनि नआउँदा आफुहरु थप प्रभावित भएको स्थानीयले वताएका छन् । अहिले सडकको विचमा डोजर रहेकाले मोटरसाईकल चलाउन समेत समस्या हुने गरेको र वाटोभरी पानीले हिलाम्मे वनाएको समाजसेवी पन्थीले वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग