Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका विभिन्न विद्यालयमा वार्षिक परिक्षाको नतिजा प्रकाशन

Published on 1:36:00 AM //


कविता घर्ती मगर
बुर्तिबाङ, २ बैशाख । गुल्मीको ह्वाङ्दी म्याले माध्यमिक विद्यालयले सन्चालन गरेको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ अर्यालको विषेश उपस्थिति रहेको थियो । सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष भोटबहादुर बुढा, कमल प्रसाद अर्याल, बोमबहादुर घर्ति मगर, खगेश्वर घिमिरे लगायतको उपस्थिति रहेको थियो । कुल ४ सय २ जना विद्यार्थीको नतिजा प्रकाशन गर्दै उत्कृट हुने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ ।
त्यस्तै नेटा स्थित सरस्वति माध्यमिक विद्यालयमा पनि एक कार्यक्रमका बीच वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा विकको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष नीम कहादुर केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमका समितिका पदाधिकारी स्थानीय समाजसेवी, राजनैतिक दलका प्रतिनिधि, अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो । विद्यालयमा रहेका कुल ४०० विद्यार्थी मध्ये वार्षिक परीक्षाबाट ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएकाछन् । सो अवसरमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ भने विद्यालय शिक्षक वालकृष्ण भट्टराईको स्वागत मन्तव्यरहेको कार्यक्रमको सञ्चालन शिक्षक रमाकान्त खरेलले गर्नुभएको नेटाबाट समाचार सहयोगी माधव घिमिरेले समाचार पठाउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग