Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पिकअप जिप दुर्घटना हुँदा एकको मृत्यु

Published on 1:32:00 AM //


कविता घर्ती मगर
बुर्तिबाङ, २ बैशाख । बाग्लुङको रात्माटामा आज बिहान जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ ।
बाग्लुङ बजारदेखी रात्माटा तर्फ जाँदै गरेको ध १ ज २२० नम्बरको जिप बानपा ४ रात्माटाको धवी उच्च मावि नजिकैको घुम्तीमा दुर्घटना हुदाँ बानपा ६ का जिप चालक ४७ बर्षिय अमरबहादुर केसीको ज्यान गएको हो । सडकदेखी २० मिटर तल खसेको जिपले च्यापिएर केसीको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरिक्षक ऋषि तिमिल्सिनाले जानकारी दिनुभयो । केसी विहान घर तर्फ जाँदै गर्दा दुर्घटनामा पर्नु भएको बताइएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग