Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुनको सहज आपुर्ती गर्न गुल्मीका सुनचाँदी व्यवसायीको माग

Published on 4:53:00 PM //

पि.एम.मगर
गुल्मी, वैशाख १३ गते । नेपाल सुनचाँदी व्यवसायी संघ गुल्मीले सुनको सहज आपुर्ती गर्न सर कारसँग माग गरेको छ । संघले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सुनचाँदीको दर भाउमा आएको परिवर्तनका कारण वजारमा सुनचाँदीको मागमा अत्यधिक वृद्धि भएको र यसले व्यवसायीहरु करोडौँको घाटा सहन बाध्य हुनुपरेको भन्दै वजार मुल्यमा सरकारले सुनचाँदीको सहज आपुर्तिमा ध्यान दिनुपर्ने भन्दै संघले जोड्दार माग गरेको छ ।
विभिन्न व्याक्ति, वित्तीय संस्थाहरुवाट ऋण धन गरी सञ्चालन गरिएका सयौँ व्यवसायीक पसलहरुले जिल्लामा मात्रै हजारौँ युवाहरुलाई रोजगार प्रदान गरी विदेश पलायन हुनवाट रोकेको र अर्कोतिर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरकारलाई राजश्व तिरी देश विकासमा महत्वपुर्ण योगदान पु¥याएको तथ्यलाई राज्यले कदापी भुल्न नहुने विज्ञप्तीमा जनाएको छ । अहिलेको संकटपुर्ण स्थिति रहिरहेमा हजारौँ युवा जिल्लाभित्र वेरोजगार हुने र व्यवसायी विस्थापित हुने गम्भिर खतरा वढिरहेको र यसले देशको राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले तत्काल यसको समाधानतर्फ सरकारले ध्यान पु¥याउनुपर्नेतर्फ संघले माग समेत गरेको छ । नेपाल सुनचाँदी व्यवसायी संघ गुल्मीका अध्यक्ष बालकृष्ण वरालद्धारा जारी विज्ञप्तीमा आफुहरुको मागप्रति सरकार गम्भिर नवने आन्दोलन गर्ने समेत चेतावनी दिईएको छ । साथै यसको प्रभावले सुन चाँदी विक्री वितरणमा अत्यन्तै कठिनाई भएको अवस्थामा गुल्मी जिल्लामा पनि त्यसको स्वभाविक असर पर्न गएको वताउँदै संघले यसवाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग