Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लायन्स क्लब गुल्मीको आयोजनामा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर शुरु

Published on 4:58:00 PM //


पि.एम.मगर
गुल्मी, वैशाख १३ गते । लायन्स क्लव गुल्मीको आयोजना र रेसुङ्गा हस्पिटल तथा रिसर्च सेन्टरको सहयोगमा तीन दिने नि:शुल्क स्वास्थ्य शिविर शुक्रवारदेखि शुरु भएको छ । शिविरको आज एक समारोहका विच लायन्स क्लवका अध्यक्ष डिल्लीराज भुसालले उद्घाटन गर्नुभएको थियो । शिविरमा विशेष गरी हाडजोर्नी, दिसा पिसाव, मृगौलाको समस्या लगायतका विभिन्न रोगको अप्रेशन तथा उपचार सेवा साथै परामर्श दिईने भुषालले वताउनुभयो । अध्यक्ष भुसालले शिविरमा काठमाण्डौ टिचिङ्ग अस्पतालका वरिष्ठ युरो सर्जन प्रेम ज्ञवाली लगायतको चिकित्सकको टोली विरामीहरुको स्वास्थ्य जाँच तथा उपचार गर्ने वताउनुभयो ।
लायन्स कल्व अफ गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको दुई दिने नि:शुल्क स्वास्थ्य शिविरको प्रचार प्रसारका लागि शुक्रवार तम्घास वजार परिक्रमा गर्दै विभिन्न विद्यालयका छात्रछात्राहरु ।तस्विर ः जनार्दन घिमिरे
शिविरको उद्घाटन पुर्व सचेतना र्‍याली समेत निकालिएको थियो । र्‍यालिले वजारका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । शिविरको पहिलो दिन हाईड्रोशिलको विरामी १ जना, हर्नियाको १ जना र गाँठागुठीको ३ जना गरी ५ जना विरामीको अप्रेशन गरिएको र ओपिडी सेवा भने ८० जनाले लिएको अस्पताल श्रोतले जनाएको छ । शुक्रवार पहिलो दिन दिनभर स्वास्थ्य जाँच गराउन आएका विरामीहरुको भिड लागेको थियो । विरामीहरुले नाम लेखाउने कार्य चलिरहेको समेत अस्पतालले जनाएको छ । कार्यक्रमको सञ्चालन लायन्स फर्सु पाण्डेले गनुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग