Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा लागेको आगो चार दिनसम्म पनि नियन्त्रणमा आउन सकेन

Published on 12:05:00 AM //


आगलागिवाट १८ सय हेक्टर जंगल विनास

जनार्दन घिमिरे
गुल्मी, ३१ चैत । गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थान रेसुङ्गा जंगलमा गत चार दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउनका लागि नेपाली सेना, नेपाल प्रहरी, गुल्मी उद्योग वाणिज्य संघ, जिल्ला स्थित राजनैकि दलका प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी, जिल्ला खेलकुद विकास समिति, गैह्र सरकारी संस्था महासंघ, स्थानीयवासी लगायतको टोलीले निभाउने प्रयास गरेपनि उक्त आगो आज वेलुकि सम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
उक्त जंगलको विचमा गौशाला रहेको र उक्त गौशालामा एक सय ७० भन्दा वढी गाईहरु रहेको हुँदा पनि उक्त स्थानलाई सुरक्षीत गर्नका लागि अहिले सुरक्षाकर्मिहरुले अग्नि रेखा वनाई गौशाला क्षेत्रको सुरक्षामा जुटेका छन् । जंगलमा वढी मात्रमा सल्लाका रुखहरु रहेको र उक्त रुखवाट खोटो निकाल्ने हुँदा खोटोका कारण आगो नियन्त्ररणमा समस्या आएको सुरक्षाकर्मिहरुले वताएका छन् । आगलागि भएको स्थान वढी भीरालो र सडेगलेका पात पतिंगर वढी मात्रमा भएका कारण आगो नियन्त्रण भन्दा वढी वाहिर गएको हो । आगलागिवाट अहिले उक्त वन क्षेत्रको १८ सय हेक्टर क्षेत्रफल वन विनास गरेको छ ।
शुक्रवार अपरान्हमा नियन्त्रणमा आएको दुई घण्टा नवित्दै उक्त आगो पु ः शुरु भएको थियो । आगो निभाउन प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, प्रहरी नायव उपरिक्ष गुरु विष्णु काफ्ले लगायतका सुरक्षा निकायका प्रमुखहरु समेत विहानैदेखि दिनभर उक्त स्थानमा खटिएका थिए । गत वुधवार दिउसो दुविचौर गाविस नजिकैको भीरवाट अचानक उक्त क्षेत्रमा आगलागि शुरु भएको हो ।
रेसुङ्गा जंगलमा लागेको आगो निभाउनकालागि स्थानीयवासिहरुले ग्यालेन र गाग्रिमा पानी वोकेर आगो निभाउन गरेको प्रयास समेत विफल वनेको छ । तीन हजार हेक्टर क्षेत्रफलमा फैलीएको उक्त रेसुङ्गा जंगल क्षेत्रमा एउटा धार्मिक बन र १८ वटा सामुदायीक वनहरु रहेका छन् । आगोलागिवाट त्यस क्षेत्रको करिव अठार सय हेक्टर जंगल क्षेत्र विनास भएको जिल्ला वन कार्यालय गुल्मीले जनाएको छ । उक्त क्षेत्रमा वर्षेनी आगो लाग्दै आए पनि यति लामो समयसम्म यो पहिलो पटक आगलागि भएको स्थानीयवासिहरुले वताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग