Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलो चरणको भर्ना अभियान सकिए लगत्तै दोस्रो चरणको अभियान सुरु

Published on 12:52:00 PM //


कविता घर्ती मगर
बागलुङ, १७ बैशाख । जिल्ला शिक्षा कार्यालय बागलुङले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय पहुँचमा ल्याउने र निरन्तर टिकाई राख्नका लागि बैशाख २ गतेदेखि संचालन गरेको पहिलो चरणमा भर्ना अभियान सकिएसँगै आजबाट दोस्रो चरणको कार्यक्रम जारि राखिएको जिल्ला शिक्षा कार्यलय बागलुङले जनाएको छ ।
‘नानी बाबु रमाई रमाई स्कुलमा आउ, पढी सिकी खुशीले रमाउ’ भन्ने नाराका साथ बैशाख २ देखि १४ गतेसम्म पहिलो चरणको अभियान संचालन भएको थियो । पहिलो चरणको भर्ना अभियानमा बालबालिकालाई मुस्कान सहित फूल अविर तथा स्थानीय सास्कृति अनुसार विद्यालयमा स्वागत गरिएको थियो । पहिलो चरणमा कति विद्यार्थी भर्ना भए भन्ने एकिन तथ्याङ्खक आउन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
पहिलो चरणको अभियान सकिए लगतै आगामी बैशाख मसान्त सम्म दोश्रो चरणको भर्ना अभियान सुरु भएको जिल्ला शिक्षा कार्यालयका उप–सचिव नवराज चापागाईले जानकारी दिनुभएको छ ।
दोश्रो चरणको अभियान अन्तर्गत पहिलो चरणमा छुटेका बालबालिकाको घरमा घरदैलो अभियान, परामर्श लगायतका कार्यक्रम संचालन गरिने उप–सचिव चापागाईको भनाई छ । अभियानमा शिक्षक, अभिभावक विद्यालय व्यवस्थापन समिति लगायत शिक्षासँग सरोकार राख्ने व्यक्ति समुदाय तथा संघ संस्थाको सहभागीता रहनेछ ।  भर्ना अभियानले ७ दशमलव ५ प्रतिशत विद्यालय पहुँच बाहिर रहेका बालकालिकाको संख्या २ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । जिल्ला शिक्षा कार्यालयका अनुशार बागलुङमा ३ हजार ३ सय बालबालिका विद्यालय पहुँच बाहिर रहेका छन् । भर्ना अभियानले २ हजार भन्दा बढी बालबालिकालाई विद्यालय पहुँचमा ल्याउने जिल्ला कार्यालयको दावी छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग