Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१० महिनापछि पृथ्वी उच्च माविले व्यवस्थापन समिति पायो

Published on 7:33:00 PM //

पि.एम.मगर
गुल्मी, वैशाख १९ गते । पृथ्वी उच्च माध्यमिक विद्यालय, पुर्कोट दह गुल्मीले झण्डै १० महिनापछि मात्र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ प्राप्त गर्न सफल भएको छ ।
राजनीति दलहरुको खिचातानीका कारण गठन हुन नसकेको सो विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ आज गठन भएको हो । विहीवार सम्पन्न भएको अभिभावकहरुको भेलाले विष्णुप्रसाद घिमिरेको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ । भेलाले समितिको सदस्यमा चिन्तावहादुर कुवँर, तारिका घिमिरे, तोरवहादुर जिसीलाई निर्वाचित गरेको छ भने भोजवहादुर कुवँर, डोरप्रसाद पौडेल, गोविन्दवहादुर कुवँर र वसन्त गैरेलाई सदस्यमा मनोनित गरेको छ । समितिको सदस्य सचिवमा विद्यालयका प्राचार्य धनिश्वर अर्याल रहनुभएको छ भने शिक्षक प्रतिनिधी सदस्यमा पछि मनोनित गरिने विद्यालय श्रोतले जनाएको छ । सोही अभिभावक भेलाले गणेशवहादुर थापाको अध्यक्षतामा शिक्षक अभिभावक संघको समेत गठन गरेको छ । यही आउँदो आईतवार वैठक वसी संघका अन्य पदाधिकारी तथा सदस्यहरु चयन गर्ने निर्णय गरेको छ ।
श्रावण महिनादेखि समितिविहीन वनेको विद्यालयले भदौवाट समिति गठनका लागि पहल थालेपनि राजनीतिक खिचातानीका कारण गठन हुन सकेको थिएन । समिति गठनका लागि दुई पटकसम्म तय गरिएको निर्वाचन प्रकृया समेत भङ्ग गर्नुपरेको र जिल्ला शिक्षा कार्यालयले समेत यसलाई निर्णायक वनाउन सकेको थिएन । विद्यालयमा छिटो भन्दा छिटो निष्पक्ष तथा स्वच्छ व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको गठन गर्न माग गर्दै अभिभावक तथा स्थानीय महिला समुहहरुले विद्यालयमा दवाव दिदैँ आएका थिए । सोही पहल अनुसार अहिले राजनीतिक दलहरु कसैलाई नवोलाई विशुद्ध अभिभावकहरुलाई मात्र वोलाई १० महिनादेखि अवरुद्ध वनेको समिति गठन प्रकृयालाई सार्थकता दिईएको विद्यालय श्रोतले जनाएको छ । आजको भेलामा ८० प्रतिशत अभिभावकहरुको सहभागिता रहेको प्राचार्य धनिश्वर अर्यालले जानकारी दिनुभयो । भेलामा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष शेरवहादुर कुवँरले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिँदै वधाई मन्तव्य व्यक्त गर्नुभएको थियो भने जनज्योति क्याम्पसका उपाध्यक्ष लोकहरी कुवँरले पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । अव नयाँ समितिले विद्यालयका संपुर्ण नियमित कार्यहरु अघि वढाउने प्राचार्य आचार्यले वताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग