Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आयोगको परीक्षा आज सकियो

Published on 2:17:00 PM //

पि.एम.मगर
गुल्मी, जेष्ठ ११ । विद्यालय तहमा स्थायी शिक्षक छनोटका लागि शिक्षक सेवा आयोगले लिएको परिक्षा शनिवार सकिएको छ ।  १७ वर्षपछि लिएको शिक्षक परीक्षामा अध्यापन लाईसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका र अस्थायी रुपमा अध्यापन गराईरहेका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थीले परीक्षा दिएका छन् ।
माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि १३ हजार ५९ जनाको कोटामा ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थीले परीक्षा दिएका हुन । गुल्मी जिल्लावाट १ सय ७५ सिटका लागि चार हजार ७ सय ४६ जनाले परीक्षा दिएका छन् । विहीवारदेखि शुरु भएको परीक्षा आज सकिएको छ । आज अन्तिम दिन प्राथमिक विद्यालय तहको परिक्षा सम्पन्न भएको छ । प्राथमिक तहका लागि १ सय ९ जनाको सिटका लागि २ हजार ४ सय ९७ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।
गुल्मीमा विहिवार माध्यमिक तहको शिक्षक सेवा आयोगको परीक्षामा सहभागि शिक्षक शिक्षीकाहरु । तस्विर ः जनार्दन घिमिरे

यसअघि शुक्रवार निम्न माध्यमिक तहको ३९ जनाको सिटका लागि संचालीत परीक्षामा गुल्मीवाट १ हजार ४ सय ३३ जना परीक्षार्थीहरुले परीक्षा दिएका थिए । जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालका अनुसार निम्न माध्यमिक तहको परीक्षाका लागि १ हजार ६ सय २७ जनाले आवेदन दिएपनि १ हजार ४ सय ३३ जना परीक्षार्थीहरुले परीक्षा दिएका थिए । त्यस्तै विहीवार पहिलो दिन माध्यमिक तहमा २७ जनाका लागि ५ सय ८८ जनाले परीक्षा दिएको जिल्ला शिक्षा अधिकारी अर्यालले वताउनुभयो । आयोगको परीक्षाका लागि १९ वटा केन्द्र निर्धारण गरिएको थियो । जसमा प्राथमिक विद्यालयका लागि ९, निम्न माध्यमिक विद्यालय तहका लागि ६ र माध्यमिक विद्यालय तहका लागि ४ परीक्षा केन्द्र तोकिएको थियो । जिल्लामा सवै परीक्षा अत्यन्तै मर्यादित र सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको अर्यालले वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग