Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा एकसय ७५ को लागि चार हजार ७ सय ४६

Published on 2:20:00 PM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ६ । बिहीबारदेखि शुरु हुने शिक्षकसेवा आयोगमा गुल्मीबाट चार हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लामा १ सय ७५ शिक्षकका लागि चार हजार ७ सय ४६ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । जिल्ला शिक्षा कार्यालय गुल्मीले दिएको जानकारी अनुसार प्राथमिक तहमा १ सय ९ जनाको लागि २ हजार ४ सय ९७ जना परीक्षामा सहभागी हुंदैछन् । निम्न माध्यमिक तहमा ३९ जनाको लागि १ हजार ६ सय १९ जना र माध्यमिक तहमा २७ जनाका लागि ६ सय ३० जना परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले बताउनुभयो । जेठ ९ गतेदेखि सञ्चालन हुने परीक्षाका लागी १९ वटा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । जसमा प्राविका लागि ९, निमाविका लागि ६ र माविका लागि ४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा दिउँसो २ देखि ५ बजेसम्म सञ्चालन हुने छ । परीक्षा सञ्चालनका लागि जिल्ला शिक्षा कार्यालयका निरीक्षक र ४ जना अन्य कार्यालयका अधिकृतहरुलाई खटाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग