Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो पटक काठ ब्यबसायी संगठित

Published on 11:43:00 AM //


प्रेम सुनार
जेठ ६,  गुल्मी । सवै राजनैतिक दल विचारसंग आवद्ध गुल्मीका काष्ठ ब्यवसायीहरु जिल्लामा पहिलो पटक संगठित भएका छन् । सदरमुकाम तम्घासमा बृहत भेला आयोजना गरी काठ ब्यवसायिहरुले नेपाल वन पैदावर उद्योग ब्यबसायी संघ गुल्मी जिल्ला तदर्थ समिति गठन गरी संगठित भएका हुन ।
भेलाले हुँगा गाविसका काठ ब्यवसायी घनश्याम न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तेजप्रसाद खनाल, कोषाध्यक्षमा प्रेमप्रताप सेन, सचिवमा टिकाराम बिश्वकर्मा, सह सचिवमा प्रमिसराज श्रष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा मेघराज भण्डारी, नरेश पन्थ, मोहन विक्रम थापा, मधु न्यौपाने, ईश्वरी कार्की र शुसिल के.सी.रहनु भएको छ ।
समितिले जिल्लाका सवै काठ ब्यबसायिहरुलाई संगठनमा आवद्ध भई काठ ब्यबसायिहरुको हक हित र  पेशागत मर्यादाका लागि संगठित हुन आव्हन गरेको छ । ‘ हामी भर्खर संगठित भएका छौ यसमा सवै राजनैतिक दलका ब्यबसायिहरु रहनु भएकोले यो स्वन्त्र संगठन बन्न पुगेको छ’ अध्यक्ष घनश्याम न्यौपानेले भन्नु भयो ‘सवै काठ ब्यबसाीहरुलाई आवद्ध हुन आग्राह गर्दछौं ।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग