Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षक सेवा आयोगको परीक्षामा गुल्मीमा चार हजार भन्दा वढी

Published on 8:18:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ९ जेठ । शिक्षक सेवा आयोग अन्र्तगत माध्यमिक तहको लागि संचालीत परीक्षामा आज पहिलो दिन ५ सय ८८ परीक्षार्थीहरु सहभागि भएका छन् । जिल्लामा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १ सय ७५ शिक्षकका लागि चार हजार ७ सय ४६ जनाले प्रतिस्पर्धा गर्नलागेका हुन् ।
​जिल्ला शिक्षा कार्यालय गुल्मीले दिएको जानकारीअनुसार प्राथमिक तहमा १ सय ९ जनाको लागि २ हजार ४ सय ९७ जना परीक्षामा सहभागी हुंदैछन् । निम्न माध्यमिक तहमा ३९ जनाको लागि १ हजार ६ सय १९ जना र माध्यमिक तहमा २७ जनाका लागि ५ सय ८८ जना आजको परीक्षमा सहभागी भएको जिल्ला शिक्षा अधिकारी गोविन्द अर्यालले जानकारी दिनु भएको छे ।
आजदेखि सञ्चालन परीक्षाका लागी १९ वटा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । जसमा प्राविका लागि ९, निमाविका लागि ६ र माविका लागि ४ परीक्षा केन्द्र रहेका छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार परीक्षामा अनियमित कामगर्ने परीक्षार्थीलाई ६ महिनासम्म कैद र एक लाख रुपैयाँसम्म जरिमाना हुने वताएको छ । जिल्ला शिक्षा कार्यालयले सार्वजनिक सूचना जारी गरि परीक्षा हलमा पुस्तक, नोटकपी, चिट, मोवाईल फोन लगायतका सामग्रिहरु लैजान प्रतिवन्धित समेत गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग