Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्याम्पसमा नेविसंघको भेला सम्पन्न

Published on 12:29:00 AM //


संगिता कुवँर
गुल्मी, जेष्ठ ०२ गते । नेपाल बिद्यार्थी संघ रेसुंगा बहुमुखी क्याम्पसको इकाई अधिबेशन विहीवार सम्पन्न्न भएको छ । इकाइ समितिका निवर्तमान सभापति धर्मराज पाण्डेको अध्यक्षतामा सम्पन्न अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । नवगठिति समितिको सभापतिमा ऋषिराम राना मगर, उपसभापतिमा लक्ष्मण पाण्डे, सचिवमा गोमा भण्डारी, सह सचिवमा बिशाल केसी, कोषध्यक्षमा राजेश पाण्डे लगायत अन्य सदस्यहरु रहनुभएको छ । सांगितीक समुहतर्फ बिमला पाण्डे र ब्यबस्थापनतर्फ केशव महतको संयोजकत्वमा समिति गठन भएको छ । नवगठित समितिका सभापति रानाले आफनो कार्यकालमा बिद्यार्थीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेबिसंघ गुल्मीका जिल्ला उपसभापति निरज मरासीनिले विद्यार्थी आन्दोलनमा नेपाल बिद्यार्थी संघले गरेका रचनात्मक कार्यको बारेमा जानकारी गराउँदै आसन्न स्वबियु निर्वाचनको लागी नेविसंघलाई बिजयी बनाउन अनुरोध समेत गर्नुभएको थियो । कार्यक्रममा नेबिसंघ जिल्ला सहसचिव सुर्दशन मरासिनीको बिषेश आथित्यता रहेको थियो भने पुर्व स्वबियु सचिव सुवास मरासिनी, स्वबियु सदस्य झबिन्द्र पाण्डे, प्रदिप अर्याल लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा नेत्र पाण्डे र पार्वता केसीले गजल वाचन गर्नुभएको थियो । कार्यक्रममा सदस्य गोमा भण्डारीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने सचिव निर्मला पन्थीले सञ्चालन गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग