Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भारतीय पेन्सन वितरण क्याम्प आजदेखी शुरु

Published on 10:00:00 AM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ०३ । भोली शुक्रवारदेखि गुल्मीको सदरमुकाम तम्घासमा भारतीय पेन्सन क्याम्प शुरु भएको छ । भारतीय राजदुतावासले हरेक वर्ष दुई पटक ६-६ महिनामा भारतीय सेनावाट सेवा अवधि पुरा गरी निवृति लिई वसेकाहरुलाई पेन्सन वितरण गर्ने गर्दछ । पेन्सन वुझ्नका लागि विहीवार साँझ नै टाढा टाढाका पेन्सनरहरु सदरमुकाम तम्घास आएका छन भने नजिकको पेन्सनरहरु आज विहानै क्याम्पमा आई पेन्सन वुझ्ने गर्दछन् । प्रायः शान्त रहने वाख्रेछेडाँ वजारमा पेन्सन सिजनसँगै यतिवेला निक्कै भिडभाड र चहलपहल वढेको छ । पेन्सन सिजनलाई ध्यानमा राखी व्यापार व्यवसायका लागि भन्दै बुटवल, भैरहवा, सुनौली लगायत भारतका विभिन्न स्थानवाट समेत व्यापारीहरु आएका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग