Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

Published on 3:16:00 AM //


तेजेन्द्र थापा
शान्तिपुर गुल्मीमा नेपाल रेडक्रस उपशाखा शान्तिपुर, श्री उदय शान्ति युवा क्लब शान्तिपुर र तिलोत्तमा हस्पिटल प्रा.ली. बुटवलको संयुक्त आयोजनामा संचालित नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बैशाख १७ गते एक दिनको लागि सन्चालन गरिने भनिएको उक्त शिबिर बिरामीको अत्याधिक चापका कारण १८ गते बिहान समेत संचालन गरिएको थियो ।
शिबिरमा हाडजोर्नी, नशा , जनरल फिजिसियन, महिला तथा प्रसुति, बाल रोग आदिसंग सम्बन्धित ५ जना विशिषज्ञ डाक्टरहरुको टोलीले सम्बन्धित रोगका झन्डै ६०० बिरामीलाई नि:शुल्क स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि वितरण समेत गरिएको थियो । शिविरमा न्युनतम शुल्कमा भिडिओ एक्सरे सेवा समेत प्रदान गरियो तर नियमित बिजुली नहुँदा धेरै जना बिरामी भिडिओ एक्सरे सेवाबाट बन्चित हुनु परेको आयोजकहरुले बताए । शान्तिपुर वरिपरिका गाबिस देखी भार्से सम्मबाट बिरामीहरु स्वास्थ्य परिक्षण गर्न आएको उक्त शिबिरमै नवनिर्मित हेल्थपोस्ट भवनको समेत उदघाटन समेत गरियो । सोहि भवनमा शिबिर संचालन गरिएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग