Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डोजर प्रयोग गरिएपछि सुक्यो हिरा ताल

Published on 2:52:00 AM //


राम सुवेदी
बागलुङ, जेठ ५ । बाह्रैमास पानीले भराउभराउ हुने बागलुङ भकुण्डेको हिरा ताल डोजर लगाएर मोटरबाटो निर्माण गर्दा पानी भासिएपछि ताल सुकेर बगरमा पल्टिएको छ । जसका कारण पर्यटकीय हिसावले पनि महत्वपूर्ण उक्त ताल सुकेपछि त्यसक्षेत्रको आर्कषण नै गुम्न लागेको भन्दै स्थानीयवासी चिन्तित बनेका छन् ।
डेढसय मिटर लामो, ६० मिटर चौडाई र ५ मिटर गहिराइमा अवस्थित उक्त ताल संरक्षणमा स्थानीय जुटेपनि तालको पानी सुकेर गएपछि गाउँलेहरु अचम्मित हुन् ।
तीनवर्ष अघि तालको वरीपरी पर्खाल लगाउन र पोखरीको माटो झिक्दा डोजर लगाइएको भकुण्डे–२, का यम थापाले बताउनुभएको छ । ‘डोजर लगाएर काम गरिएकै सालदेखि पोखरीको पानी सुक्न थालेको थापाले थापाले बताउनु भएको छ । हालसम्म तीनलाख जति तालको संरक्षणमा खर्च भएको छ । तर पनि तालमा पानी नरहने समस्या भएपछि तीनवर्षदेखि ताल सुक्दै आएको छ ।
वर्षायाममा केही मात्रामा तालमा जम्मा भएपनि त्यो छोटोसमयसम्म मात्र टिक्ने थापाको भनाइ छ । यस तालमा हरेकवर्ष बैकुण्ठ चर्तुदशीको दिन मेला लाग्ने गरेको भुकण्डेका शिक्षक उमाकान्त शर्माले भनाई छ । ‘हिरातालमा वर्षौंदेखि चर्तुदशी मेला र बराहको पूजाआजा हुँदै आएको शर्माले बताउनुभएको छ । ‘अहिले तालको पानी सुकेपनि मेला त हुँदै आएको छ तर तालको शोभा पहिलेजस्तो छैन ।’ वर्षेनी त्यहाँ तोरण पनि तार्ने गरिएको शर्मा थप्नुहुन्छ । पर्यटकीय गाउँको रुपमा विकास हुँदै आएको भकुण्डेमा जाने जोकोही हिरातालको अवलोकनमा जाने गरेका छन् । उक्त स्थानबाट दर्जनौं हिमश्रृङ्खलाको अवलोकनका साथै रमणीय भुभागहरु हेर्न सकिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग