Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी विकास बैङ्कको शाखा रहित सेवा अब खर्ज्याङ र बिरबासमा

Published on 5:58:00 PM //


टोपलाल अर्याल
गुल्मी, २९ बैशाख । जनतामा बैंकिङ पहुँच बढाउने उद्देश्यले गुल्मी विकास बैङ्कले गुल्मीका विभिन्न ठाउँमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
शाखा रहित बंैकिङ सेवा प्रदान गर्ने नेपालको पहिलो विकास बैङ्क गुल्मी विकास बैङ्कले पहिलो पटक गुल्मीको विरवासमा आफ्नो सेवा शुरु गरेको थियो । सोहिक्रममा बैंकले आज खर्ज्याङ बजारमा नयाँ शाखाको स्थापना गरेको हो । कार्यक्रमा प्रमुख अतिथी बोधराज ज्ञवालीले पहिलो पटक ५ हजार खातामा जम्मा गरेर शाखा रहित सेवा खर्ज्याङ उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनु भएका बोधराज ज्ञवालीले कृषि क्षेत्रको बिकासबिना सामाजिक तथा आर्थिक बिकास नहुने भएकाले यस क्षेत्रका स्थानिय स्रोत साधनको बिकास गर्दै अर्थोपार्जन तर्फ सवैलाई उन्मुख गर्न यो बैङ्कको स्थापना भएको जानकारी गराउनु भएको थियो । यस्तै बैंक संचालक समिती अध्यक्ष सिता भुसालले यस बैङ्कले संचालन गरेको लघुवित्त कार्यक्रममा यहाँका सम्पुर्ण महिला सहभागी भएर आत्मनिर्भर बन्ने बाटोमा बैङ्कसंगै हातेमालो गर्न आग्रह गर्नुभएको थियो । साथै उहाले शाखा रहितको सेवा भनेको एउटा बिरुवा भएको बताउँदै यहाँका स्थानियको साथ सहयोग र बिश्वास भएमा केहि समयमै शाखा सहितको सेवा प्रदान गर्ने बताउनु भयो । बैङ्कका कार्यकारी प्रमुख चिरन्जिवी शर्मालेंले बैङ्कको अहिले सम्मको अबस्था र भावि दिनमा यसले गर्ने कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
यसैबिच गुल्मी जिल्लामा यस बैङ्कद्धारा संचालित लघुबित्त कार्यक्रमको बारेमा उपप्रबन्धक राम प्रसाद पन्थीले बताउनुभएको थियो । शाखारहित बैंकिङ सेवा सुरु भएपछि हर्षित भएका स्थानियले अब केहि समयमै शाखासतिको सेवा सुरु गर्नु पर्ने बताएका थिए । गुल्मीमा छो टो समयमै लोकप्रिय बनेको यस बैङ्कले मजुवा र वामीमा शाखा सहितको सेवा दिएको छ । पहिलो पटक विरवासमा शाखा रहित सेवा शुरु गरेको बैंकले आज खर्ज्याङमा सेवा विस्तार गरेको हो । बैङ्कले इस्मामा यहि जेठ ४ गते र पुर्कोट तथा रुद्रवेणीमा केहि समयमै यो सेवा विस्तार गर्दै छ । आर्थिक समावेशिताको माध्यमबाट गाउँ गाउँका जनतालाई सशक्तिकरण गर्ने लक्ष्य अनुरुप गाउँसम्म सेवा विस्तार गरेको बैङ्कले जनाएको छ ।
शाखारहित बैंकिङ अन्तर्गत आफ्नै घर आगनमा बसेरै ग्रहाकले सुरक्षित रुपमा रकम झिक्न र जम्मा गर्न सक्नेछन । यसैगरी, बैंकका कर्मचारीहरु परिचालन गरी उक्त स्थानहरुबाट साना तथा घरेलु उद्योग र कृषि व्यवसाय गर्न चाहनेले सहजै लघु कर्जा लिन पाउने व्यवस्था मिलाइएको छ । यस्तै, एउटा खाताबाट अर्को खातामा रकम स्थानान्तरण, मोबाइल रिचार्ज, बिल पेमेन्ट, रेमिट्यान्स, ब्यालेन्स इन्क्वेरी, मिनी स्टेट्मेन्ट्, जस्ता सुविधा पनि शाखारहित बैंकिङमा उपलब्ध हुने बैङ्कका उपप्रबन्धक योगेन्द्र रायमाझीले जानकारी दिनु भयो ।
स्थानिय राजनितीक दलका प्रमुख प्रतिनिधी, पत्रकार, समाज सेवी, गाविस प्रतिनीधि बिद्यालयका प्रतिनिधी, स्थानिय दुग्घ सहकारी, आमासमुह, बैङ्क संचालक समितीका अन्य पदाधिकारी, कर्मचारी लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो । कार्यक्रम बैङ्क संचालक समिती अध्यक्ष सिता भुसालको अध्यक्षता, संचालक राम प्रसाद पन्थीको स्वागत एवं यज्ञप्रसाद पन्थीको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग