Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उजुङमा खानेपानीको अभाव, एक गाग्रो पानीमा दिन बित्ने

Published on 5:58:00 AM //


कृष्ण बिश्वकर्मा
गुल्मी, बैशाख २८ । गुल्मीको हस्तिचौर गाविसको बडा नं. ४ उजुङ्गमा रहेको खानेपानीको मुहान संरक्षणमा स्थानियबासीले सक्रियता देखाएका छन । गर्मियामसँगै पानीको अभाव सिर्जना हुन थालेपछी उक्त ठाँउका स्थानियबासी मुहानको संरक्षणमा लागिपरेका हुन । बाड नं. ४ मा एउटा मात्र पानीको मुहान भएका कारण उक्त ठाँउका उपभोक्ता सोही मुहानमा भर पर्नु परेको छ ।
सदरमुकाम देखी नजिकै भएपनि बिकासको दृष्टीले अत्यन्तै पछी रहेको उक्त बाडमा बिभिन्न पार्टीका नेताहरुले घरघरमा पानीका धारा ल्याईदिने आश्वासन दिएपनि त्यो केवल भोट माग्ने माध्यम मात्र बनेको त्यहाँका जनताहरुको गुनासो छ ।  त्यस ठाँउका जनताहरु यतिबेला अरु काम छाडेर भएपनि बिहानैदेखी केवल पानी बोक्ने काममा मात्र सिमित भएका छन ।
 एक गाग्रो पानी भर्न घण्टौ समय लाग्ने अझ त्यसैमाथी बोकेर घरसम्म ल्याइपुर्याउदा एक गाग्रो पानीमै बिहान जाने शिक्षीका माया बिश्वकर्माको भनाई छ । यसरी उक्त ठाँउका जनता पटक-पटक खानेपानीको समस्यामा परेपनि समस्याको समधानमा कसैको ध्यान जान सकेको छैन । राजनितीक खिचातानीका कारण पनि उक्त स्थानमा सम्पन्न हुन लागेका बिभिन्न योजनाले समेत पुर्णता पाउन नसकेको बिमला खत्रीको गुनासो रहेको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग