Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

औषधी लिएर घर फर्कदै गरेकी युवतीमाथी सामुहिक बलात्कार

Published on 3:43:00 AM //


पाल्पा, स्याङ्जाको साँखर गाविस–६ की एक १८ वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छिन्।

पाल्पा रामपुरबाट औषधि लिएर घरतर्फ फर्किंदै गर्दा घरनजिकैको जंगलमा बेलुकी ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो।

युवती बिहान घरबाट औषधि लिन पाल्पाको रामपुर बजारमा आएकी थिइन्। औषधि लिएर घर फर्किंदै गर्दा बाटोमा उक्त घटना भएको आफन्तले बताएका छन्। पीडित युवतीले प्रतिकार गर्ने क्रममा मुख, गाला र घाँटीमा गम्भीर चोट लागेको छ। पीडित युवती अर्धचेत अवस्थामा जंगलको बीचमा कराएको आवाज सुनेपछि गाउँलेले घरपरिवारमा खबर गरेर राति नै उपचारका लागि रामपुर अस्पतालमा ल्याइएको थियो।

पीडित युवतीको रामपुर अस्पतालमा उपचार हुन नसकेपछि सदरमुकाम तानसेनमा ल्याइएको छ।

आफन्तका अनुसार युवतीमाथि सामूहिक बलात्कार भएको आशंका गरिएको भए पनि अनुसन्धान जारी रहेको पाल्पाका प्रहरी नायब उपरीक्षक स्थानेश्वर रेग्मीले बताउनुभयो। २ वटा मोटरसाइकलमा आएका ३ जना व्यक्तिहरू सामूहिक बलात्कार घटनामा संलग्न भएको अर्धचेत अवस्थामा रहेकी ती युवतीले बताएकी छिन्। -नेपाल समाचारपत्र दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग