Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका कर्मचारीहरुको बैठक रेसुङ्गामा

Published on 4:43:00 AM //


अनिल खत्री
गुल्मी, जेष्ठ ४ । नेपाल निजामती कर्मचारी यूनियन, गुल्मीकोले आज जेठ ४ गते शनिवार गुल्मीको पबित्र धार्मिकस्थल रेसुंगाको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रेसुङ्गा पोखरीमा केन्द्रिय कार्य समितिको आठौं बैठक सम्पन्न हुँदैछ । यसै अवसरमा रेसुंगा सुशासन नामक स्मारिका बिमोचन, युनियनसंग आवद्ध सम्पूर्ण कर्मचारीहरुको बिचमा शुभकामना आदानप्रदान र मित्रमिलन कार्यक्रमको आयोजना समेत गरेको नेपाल निजामती कर्मचारी यूनियन संगठनका केन्द्रिय सदस्य जयश्वर पन्थीले जानकारी दिनु भयो ।
आठौं बैठक तथा बिबिध कार्यक्रमको लागी नेपाल निजामती कर्मचारी यूनियन केन्द्रिय अध्यक्ष सुबोधकुमार देवकोटा पनि हिँजै गुल्मी आइगुग्नु भएको छ । कार्यक्रममको सम्पुर्ण तयारी पुरा भएको संगठनले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग