Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पानी परेपछि कृषकहरु हर्षित, यात्रुहरुलाई भने सास्ती

Published on 4:46:00 AM //


पि.एम.मगर
गुल्मी, जेष्ठ ३ । लामो समयको प्रतिक्षामा रहेका कृषकहरु पानी परेपछि निक्कै हर्षित वनेका छन् । कहिले पानी पर्ला र खेती लगाउँला भन्दै आकाशतिर आँखा लगाईरहने कृषकहरु आजभोली खेतवारीमै व्यस्त देखिन्छन् । पानी परेपछि खेतमा धानको वीउ लगाउने, मकै खन्ने लगायतका कामहरुको चटारो परेको छ । वन्द भएका लघु जलविद्युत पनि हिजोदेखि पुन सञ्चालनमा आएका छन् ।
खानेपानीको समस्या खेप्दै आएका उपभोक्ताहरु यतिवेला पानी परेपछि प्रयाप्त मात्रामा खानेपानी उपलव्ध भएको वताएका छन् ।
यस्तै ठुलो पानी परेका कारण गुल्मीको पश्चिम क्षेत्रका अधिकांश गाविसहरुमा तमघासवाट छुट्ने वस सञ्चालनमा आउन समस्या भएको छ । गाउँ ठाउँमा रहेका वाटोहरु हिलाम्मे वनेपछि वसहरु फस्ने गरेका कारण अर्खवाङ्ग, छापहिले, सिमलटारी, अर्जै लगायतका गाविसमा वसहरु सञ्चालनमा आउन सकेका छैनन । वसहरु सञ्चालनमा आउन नसकेपछि जीपमा चर्को भाडा तिरेर समेत यात्रा गर्न वाध्य भएको यात्रुहरुले गुनासो गर्न थालेका छन् । कतिपय यात्रुहरु भने पैदल हिड्न वाध्य भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग