Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रधानाध्यापकको राजीनामा माग गर्दै विद्यार्थीहरु आन्दोलित

Published on 8:44:00 PM //

पि.एम.मगर
गुल्मी, जेष्ठ ०२ गते । प्रधानाध्यापकको राजीनामाको माग गर्दै अर्घाखाँचीको जन कल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । भगवती गाविस वार्ड नं. ४ मा रहेको उक्त विद्यालयका प्रधानाध्यापक भोजराज पाण्डे विद्यालयमा अनियमित रहने गरेको भन्दै विद्यार्थीहरुले उनको राजीनामा माग गरेका हुन् ।
प्रधानाध्यापक पाण्डे हप्तौसम्म पनि विद्यालय उपस्थित नहुने, विद्यालय समयमा नै मदिरा सेवन गरी हिड्ने र महिनाको एक दुई पटक मात्र विद्यालय आई महिनाभरीको नै हाजिरी लगाई हिड्ने गरेको भन्दै विद्यार्थीहरुले विहीवार विद्यालय नै वन्द गरेका छन् । विद्यार्थीहरुले भगवतीवाट अर्घातोष हुँदै मरेङ्गसम्म विरोध ¥याली समेत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल पाण्डेले प्रधानाध्यापक पाण्डेलाई विद्यालयमा नियमित वन्नुपर्ने भनी सल्लाह दिँदा उल्टै विभिन्न राजनीतिक पार्टीको आधार देखाउँदै धम्की समेत दिने गरेको दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग