Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको क्षेत्र नं. ३ मा आजदेखी घुम्ति शिविर सञ्चालन

Published on 12:19:00 PM //


संगिता कुवँर
बैशाख २७, गुल्मी । गुल्मीको क्षेत्र नं. ३ का विभिन्न गाविसका सेवाग्राहीलाई लक्षित गरी दर्लिङ्ग गाविसमा एकीकृत घुम्ति शिविर आज देखी शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा विभिन्न ९ ओटा सरकारी कार्यालयको सेवा दिईने गरी शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आज वैशाख २७ गतेदेखि ३ दिनसम्म शिविर सञ्चालन हुने वताउनुभयो । शिविरमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा वालवालिका कार्यालय, जिल्ला निर्वाचन कार्यालय, पशु सेवा कार्यालय, जिल्ला हुलाक कार्यालयले आफ्नो कार्यालयवाट प्राप्त हुने सेवाहरु प्रदान गर्नेछन । त्यसैगरी जिल्ला विकास समिति, जिल्ला प्रहरी कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले पनि सेवा दिने छन् ।
दर्लिङ्ग, नेटा, ह्वाङ्गदी, अर्खावाङ्ग, दोहोली, छापाहिले लगायतका दुर्गम क्षेत्रका गाविसका सेवाग्राहीहरुलाई लक्षित गरी दर्लिङ्गमा शिविर सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नेपालले वताउनुभयो । शिविरमा नागकरिता, मतदाता नामावली दर्ता, अपाङ्गता परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता वितरण लगायत सरकारी कार्यालयवाट प्राप्त हुने विभिन्न सेवाहरु प्रदान गरिने उहाँले वताउनुभयो । आसन्न संविधानसभाको दोस्रो निर्वाचन र सरकारी सेवालाई जनताको घरदैलोमा पु¥याउयने हेतुले शिविरको आयोजना गरिएको हो । यसअघि क्षेत्र नं. १ दुर्गम क्षेत्रलाई दृष्टिगत गरी पुर्तिघाट र हर्मिचौरमा भएको शिविरवाट हजारौँ सेवाग्राही लाभान्वित भएका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग