Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला कोसेली घर सञ्चालनमा

Published on 2:35:00 AM //


पि.एम.मगर
गुल्मी, जेष्ठ १३ । जिल्ला सहकारी संघ लिमिटेड र कोसेली घर सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा जिल्ला कोसेली घरको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । विशेष गरी स्थानीय स्तरमा उत्पादन गरिएका विभिन्न वस्तु तथा सामाग्रीहरुको संकलन गरी त्यसको प्रवर्द्धन, विकास, विस्तार, वजार व्यवस्थापन, विक्री वितरण तथा यसको प्रचार प्रसार गर्ने उद्धेष्यका साथ जिल्ला कोसेली घरको स्थापना गरिएको हो । कोसेली घरको नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले गर्नुभएको थियो ।
उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका मुख्य सचिव पौडेलले स्थानीय उत्पादको विकास तथा प्रवर्द्धनको लागि कोसेली घर निर्माण गर्नु अत्यन्तै खुशीको कुरा रहेको वताउँदै यसलाई भविष्यमा पनि निरन्तरता दिनतर्फ ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । यसको सुरुवात गर्न निक्कै सजिलो हुने तर भविष्यमा यसलाई निरन्तरता दिन एवं जोगाई राख्न पनि उत्तिकै चुनौति हुने वताउँदै उहाँले यस विषयमा विचार पु¥याई दीर्घकालीन योजनाहरु निर्माण गरेर लाग्न सम्पुर्ण स्टेक होल्डरहरुलाई सुझाव दिनुभयो ।
जिल्ला सहकारी संघ लिमिटेड गुल्मीका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोसेली घर सहकारी संस्था लिमिटेडका अध्यक्ष खड्क के.सी.ले यसको महत्व तथा विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन संघका उपाध्यक्ष शेषकान्त गौतमले गर्नुभएको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका वुद्धिवहादुर जिसी, नेपाली काँग्रेसका उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष टोमलाल पाण्डेय, नेकपा माओवादीका घनवहादुर खड्का, प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपाल, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवाली लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
पर्यटनको हिसावले पनि कोसेली घर निक्कै महत्वपुर्ण हुने अतिथिहरुले आशा व्यक्त गरेका छन् । जिल्लामा स्थानीय स्तरमा व्यवसायीहरुले उत्पादन गरेका वस्तुहरु हाडी घैटा, डाला, डोका, ढाकाका कपडाहरु, मुडा, गुँड, खुदो लगायत सहकारी समुह एवं साना घरेलु संस्थाहरुले निर्माण गरेका वस्तुहरु, टोपी, व्याग जस्ता सामानहरु कोसेली घरले खरीद गरी त्यसको प्रचार प्रसार तथा वजार व्यवस्थापन गर्ने उपाध्यक्ष गौतमले बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग