Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चट्याङ्ग लागेर एक घाईते

Published on 2:53:00 AM //

प्रेम सुनार
गुल्मी, जेठ १३ । हिजो आईतबार विहना गुल्मीको सदरमुकाम तम्घास नजिकै गाउँमा एक ब्याक्ति चट्याङ्ग लागेर घाईते भएका छन् । तम्घास ९ सिस्न्यारका ३४ वर्षिय खिमलाल पन्थीलाई बिहान ८ वजेतिर चट्याङ्गले हानेर घाईते भएका हुन् । उनको तम्घास अस्पतालमा उपचार भईरहेको छ । दलानमा रेडियो सुनेर बसिरहेका पन्थी एक्कासी चट्याङ्गले हानेर करिव आधा घण्टा बेहोस भएका थिए । उनको स्वास्थ्य अवस्था सामन्य हुँदै आएको अस्पतालले जनाएको छ । स्मरण रहोस त्यसै तम्घास ९ को बुट्टाखरी गाउँमा गतबर्ष चट्याङ्गले हानेर एकै घरका दुबै भाई शुनिल नेपाली र रामबहादुर नेपालीको ज्यान गएको थियो । गत केहि बर्ष यता जिल्लामा चट्याङ्ग लागेर मानिसको जिउ धन र अन्या भौतिक क्षति हुने क्रम बढेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग