Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवा संघ, नेपाल गुल्मीको पाँचौ वैठक सम्पन्न

Published on 10:41:00 PM //

प्रेम सुनार
जेठ ५, गुल्मी । युवा संघ, नेपाल जिल्ला कमिटी गुल्मीको पाँचौै पूर्ण वैठक मदन आश्रित स्मृति भवन तम्घासमा सम्पन्न भएको छ ।

युवा संघ नेपाल जिल्ला कमिटीको पूर्ण वैठकले जेष्ठ ३० र ३१ गते पाल्पाको तानसेनमा सम्पन्न हुन गइरहेको प्रथम अञ्चल सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने, संघका गाउँ अधिवेशन हुन बाँकी गाविसमा जेष्ठ मसान्त सम्म अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।वैठकले अञ्चल सम्मेलनका लागि प्रतिनिधि समेत सर्वसम्मतिले चयन गरेको छ ।

साथै वैठकले आसन्न स्ववियु निर्वाचनलाई अनेरास्ववियुको पक्षमा जिताउन र शान्तिपूर्ण बनाउका लागि रेसु·ा वहुमुखी क्याम्पस तम्घासमा युथ फोर्स विभाव प्रमुख मनोज काउछालाई नेतृत्व दिएको छ । त्यस्तै अन्य क्याम्पसमा पनि नेतत्व विभाजन गरेको छ । संघका जिल्ला अध्यक्षँ कृष्ण बिश्वकर्माले दिएको जानकारी अनुसा दिगाम बहुमुखी क्याम्पस दिगाममा मेघराज पन्त, श्रृंगेश्वर वहुमुखी क्याम्पस रानीवासमा प्रेम पछाई, संस्कृत क्याम्पस र रिडी क्याम्पस रुरुमा रामलाल सुनारलाई नेर्तत्व दिईएको छ । त्यस्तै मानका टिकाराम बहुमुखी क्याम्पस मजुवामा पाण्डव गौतम, रुद्रावती वहुमुखी क्याम्पस वामीटक्सारमा वोम छन्तेल, चन्द्रकोट क्याम्पस शान्तिपुरमा अर्जुन थापा, धुर्कोट परमानन्द वहुमुखी क्याम्पस वस्तुमा ज्ञानवहादुर नेपाली, जनज्योती वहुमुखी क्याम्पस पूर्कोटदहमा पदम विष्टको संयोजकत्वमा युवा संघ परिचालनको नेतृत्व दिईएको छ ।

। त्यसैगरी वैठकले नेकपा एमालेले जेष्ठ महिना भरी संचालन गर्न लागेको १ महिने दोस्रो संविधान सभाको चुनावी अभियानका लागि क्षेत्र नंं १ मा जिल्ला कमिटी सदस्य रुकवहादुर राना, क्षेत्र नं। २ मा उपाध्यक्ष मोहन प्रसाद पाण्डे र क्षेत्र नं। ३ मा सचिवालय सदस्य ज्ञानवहादुर नेपालीको संयोजकत्वमा सम्वन्धित क्षेत्रका जिल्ला, क्षेत्रीय कमिटी र गाउँ कमिटीका सदस्यहरु रहने गरी संविधान सभा निर्वाचन अभियान परिचालन समिति गठन गरेको छ ।

वैठकमा अध्यक्ष कृष्ण विश्वकर्माले संघले हाल सम्म गरेका विभिन्न क्रियाकलापहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

वैठकमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष टोमलाल पाण्डे, उपाध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा र सचिवालय सदस्य एंव युवा इन्र्चाज गणेश श्रीपालीको विशेष उपस्थिती रहेको थियो । नेकपा एमाले जिल्ला अध्यक्ष टोमलाल पाण्डेको प्रमुख आतिथ्यता, युवा संघका अध्यक्ष कृष्ण विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष मोहनप्रसाद पाण्डेको स्वागत मन्तव्य रहेको वैठकको संचालन सचिव निरञ्जन थापाले गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग