Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमानको सम्झनामामा हारमोनीयम

Published on 3:48:00 AM //


अनिल खत्री
जेष्ठ १५ । आफ्नो श्रीमानको सम्झनामामा पुर्वी चितवनको जुटपानी १ की एक महिलाले पिठुवा ९ स्थित रामकृष्ण मन्दिरमा एक थान हारमोनीयम प्रदान गरेकी छन् ।

श्रीमान् भानुभक्त दाहालको स्मृतीमा श्रीमती सरस्वति दाहाल, छोराहरु राजु र गुणराज दाहालले संयुक्त रुपमा रु १० हजार मुल्य बराबारको हारमोनियम एक कार्यक्रम बिच मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष धुव न्यौपानेलाई हस्तान्तरण गरीएको हो । स्थानीय समाजसेवी समेत रहेका भानुभक्त दाहालको दुई बर्ष अगाडि दुर्घटनामा परि निधन भएको थियो । यस अघि पनि दाहाल परिवारले मिलीजुलि आमा समुहद्धारा निर्मीत जुटपानी १ मा रहेको शिब मन्दिरलाई एक थान हारमोनियम प्रदान गरेका थिए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग