Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवरुद्ध विद्युत सेवा अझै सञ्चालन भएनन्

Published on 3:52:00 AM //


कविता घर्ती मगर
गुल्मी, जेठ १५ । गुल्मीको घमिर गाविस २ सिलाँदीमा रहेको नमुना लघुजलविद्युत आयोजना २ हप्तासम्म पनि सञ्चालन नहुँदा स्थानीय उपभोक्ता मर्कामा परेका छन् ।
तमघास चौरासी, पुर्कोटदह मोटरवाटो खन्ने क्रममा कुलो भत्किएपछि उक्त लघु जलविद्युत योजना वन्द हुँदा उनीहरु अध्याँरोमा वस्न वाध्य भएका छन् । विद्युत वन्द भएपछि घमिर गाविसको वार्ड नं. २ र अर्जै गाविसको वार्ड नं. ९ का गरी कुल ३५ घरधुरी प्रभावित वनेका हुन् । २ किलोवाटको उक्त परियोजना २०६४ सालमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ लाख र स्थानीय जनताको ३ लाख गरी कुल चार लाखको लगानीमा निर्माण गरिएको परियोजनाका भिमसेन थापाले वताउनुभयो ।
त्यस्तै विगत १० दिनदेखि अवरुद्ध वनेको गुल्मी पल्लीकोट गाविसको विद्युत सेवा अझै सञ्चालनमा आउन सकेको छैन । पल्लीकोट गाविस वार्ड न. २ मा रहेको विद्युतको ट्रान्सफरमरमा चट्याङ्ग लागेपछि अवरुद्ध वनेको विद्युत १० दिन वितिसक्दा पनि वन्न सकेको छैन । विद्युत सेवा अवरुद्ध हुँदा गाविसको वार्ड नं. १, २, ३ र ४ का करिव ३ सय ५० घर परिवारका उपभोक्ताहरु अध्याँरोमा वस्न वाध्य भएका छन् । विद्युत अवरुद्ध भएपछि स्थानीयहरु मोवाईल चार्ज गर्न भन्दै विरवास, भेडुवा वजार लगायतका नजिकका गाउँहरुमा जाने गर्दछन् । यता विद्युत ट्रान्सफरमर मर्मत गरी सेवा सुचारु गर्न एक महिना समय लाग्ने विद्युत प्राधिकरणले जनाएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग